‘महिन्द्रा उदय फेस्टिभल’

कान्तिपुर संवाददाता

काठमाडौँ — महिन्द्रा कम्पनीले राजधानीको भृकुटीमण्डपमा लाइफस्टाइल अटो सोको आयोजना गर्ने भएको छ । प्रदर्शनीमा एकै छानामुनि महिन्द्राका सबै अन्तर्राष्ट्रिय रेन्जका उत्पादनहरू दुईपांग्रे, प्यासेन्जर बस, ट्रक, इलेक्ट्रिक भेहिकल, ट्रयाक्टर राखिने जारी विज्ञप्तिमा छ ।

फागुन १० देखि १२ आयोजना हुनेप्रदर्शनीको नाममा महिन्द्रा उदय २०१९ फेस्टिभलराखिएकोछ । यो प्रदर्शनीमा महिन्द्रालाई अग्नि इन्कर्पोरेटेड, एमभी दुगड ग्रुपर स्वराज पार्टनरको सहयोग रहने जनाइएको छ ।

Citizen

प्रकाशित : फाल्गुन ५, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एलआईसीको ‘जीवन साथी’

कान्तिपुर संवाददाता

काठमाडौँ — एलआईसी नेपालले ‘रहनेछ साथ, जीवनपश्चात्’ भन्ने सन्देशका साथ ‘जीवन साथी’ नामक जीवन बिमा योजना बजारमा ल्याएको छ । १८ देखि ६० वर्ष उमेरका व्यक्तिले यो जीवनबिमा योजना लिन सक्ने जारी विज्ञप्तिमा छ ।

न्यूनतम बिमांक रकम २ लाख रुपैयाँ कायम गरिएको छ भनेअधिकतम बिमांकको सीमा बिमा अन्डरराइटिङ नियमअनुसार जति पनि लिन सकिने जनाइएको छ ।यस योजनामा बिमा अवधि १५ वर्षको हुने कम्पनीले जनाएको छ । बिमा अवधिमा बिमितकोनिधन भए बिमांक र बोनस रकम निजका श्रीमान्/श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिकालागि निजको श्रीमान्/श्रीमतीलाई बिमांकको ५० प्रतिशत नि:शुल्क जीवन बिमा जोखिम बहनगरिने कम्पनीले जनायो ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT