३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अर्गानिक बजार सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रांगारिक महिला कृषक समूहले बूढानीलकण्ठमा आइतबारदेखि अर्गानिक उत्पादन बजार सञ्चालन गरेको छ । बिचौलियको प्रवेश निषेध गरी कृषकले उत्पादन गरेको वस्तु सिधै उपभोक्तालाई पुर्‍याउने उद्देश्यले बजार सुरु गरिएको समूहले जनाएको छ ।

अर्गानिक बजार सुरु

४७ वटा स्टलमा राखिएको बजारको नगरपालिकाका मेयर उद्धव खरेलले उद्घाटन गरे । हरेक साता शनिबार र आइतबार होटल पार्क भिलेजको कम्पाउन्डमा बजार सञ्चालन हुनेछ । बजार सञ्चालन गर्न नगरपालिकाले दीर्घकालीन योजना बनाउने मेयर खरेलले जानकारी दिए ।


बजारमा कृषिजन्य र हयान्डिक्राफ्टका उत्पादन पाइने समूहकी अध्यक्ष विमला आचार्यले जानकारी दिइन् । ‘उत्पादित वस्तु सिधै उपभोक्ताले पाउने व्यवस्था मिलाएका छौं,’ उनले भनिन् । नगरपालिकाका पर्यटन विकास अधिकृत अस्ट्ेरलियन नागरिक स्टेफेन क्लार्कले बजारलाई पर्यनटसँग जोडने अभियानमा सघाएका छन् । उनले कृषकलाई बजार व्यवस्थापन र बिक्रीमा सघाउने बताए ।


अर्गानिक तरकारी उत्पादक बद्री बस्नेतका अनुसार कृषकले स्टलबाटै आफ्नो वस्तु बेच्न पाउनेछन् । स्टलमा मुलुकभरिका अर्गानिक उत्पादन उपलब्ध हुने व्यवस्था मिलाइएको छ । बजार प्रवद्र्धन गर्न नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी मेयर खरेलले दिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?