३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहिलो पूर्वाधार विकास बैंक सञ्चालनमा

'ठूला आयोजनामा लगानी जुटाउन समस्या नहुने'
यज्ञ बञ्जाडे

काठमाडौँ — मुलुकको पहिलो पूर्वाधार विकास बैंक बुधबारदेखि सञ्चालनमा आएको छ । खासगरी ठूला पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले विशिष्कृत बैंकका रुपमा यो बैंक सञ्चालनमा आएको हो । बुधबार अर्थमन्त्री युवराज खतिवडाले बैंकको शुभारम्भ गरेका हुन् ।

पहिलो पूर्वाधार विकास बैंक सञ्चालनमा

आर्थिक समृद्धिकालागि मुलुकमा ठूलो लगानी आवश्यक भएको समयमा पूर्वाधार विकास बैंक सञ्चालनमा आएकाले यो बैंकले पूर्वाधार निर्माणमा परिपुरकको भूमिका निर्वाह गर्नु पर्ने अर्थमन्त्री खतिवडाले बताए । 'खासगरी ठूला पूर्वाधार निर्माणमा लगानी गर्न नेतृत्वदायी भूमिका खेल्नु पर्‍यो,' उनले भने, 'एनआरएन र विदेशी लगानीकर्ताको लगानी भित्र्याउन पनि पहल गरोस ।'


कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले पूर्वाधार विकास बैंकको स्थापनाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । 'पूर्वाधार विकासमा यो बैंक कोशेढुङगाको रुपमा सावित हुनेछ,' उनले भने ।


पूर्वाधार विकासमा आवश्यक पूँजी जुटाउन बैंकले विशेष रणनीति बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बताए । 'कृषि, जलविद्युत, पर्यटन, यातायातलगायत ठूला पूर्वाधार विकासमा हाम्रो लगानी केन्द्रित हुनेछ,' उनले भने ।


सरकारको १० प्रतिशत लगानी रहेको यो बैंकमा वाणिज्य बैंक, बिमा कम्पनी र सर्वसाधारणको लगानी छ । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको यो बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?