कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घरजग्गा मूल्य सूचकांक निर्माण गरिँदै

सेयर बजार, ज्यालाको जस्तै घरजग्गाको पनि सूचकांक हुँदा सर्वसाधारणलाई लगानी निर्णयमा सहयोग पुग्ने 
यज्ञ बञ्जाडे

काठमाडौँ — घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिविम्बित गर्न घरजग्गा मूल्य सूचकांक निर्माण गरिने भएको छ । यसका लागि राष्ट्र बैंकले काम थालिसकेको छ । घरजग्गाको मूल्यमा आएको उतारचढाव र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव मूल्यांकन गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो सूचकांक तयार पार्न लागेको हो । 

यो सूचकांकले मूल्य नियन्त्रणभन्दा पनि घरजग्गाको मूल्य प्रवृत्ति देखाउँछ । यसले घरजग्गाको मूल्यमा आएको उतारचढाव प्रतिविम्बित गर्ने भएकाले लगानीसम्बन्धी निर्णयका लागि लगानीकर्तालाई निकै उपयोगी हुने विज्ञहरू बताउँछन् ।


धितोपत्र बजारको अवस्था प्रतिविम्बित गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक, ज्यालादरमा भएको उतारचढाव मूल्यांकन गर्न ज्याला सूचकांक बनाएजस्तै घरजग्गा कारोबारमा हुने उतारचढाव प्रतिनिधित्व गर्न घरजग्गा मूल्य सूचकांक बनाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । नेपालमा पहिलो पटक यस्तो सूचकांक तयार पार्न लागिएको हो ।


राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा मूल्य सूचकांक तयार गर्न सर्वेक्षण सुरु गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार राष्ट्र बैंक अनुसन्धान विभागले काम सुरु गरेको हो ।


‘सर्वेक्षणका लागि सबै आधारभूत तयारी पूरा गरेका छौं,’ स्रोतले भन्यो, ‘अब छिट्टै फिल्डमा गएर तथ्यांक संकलनको काम सुरु हुन्छ ।’ उपभोक्ता मूल्य सूचकांक र थोक मूल्य सूचकांक जस्तै मुलुकभरका विभिन्न स्थानबाट घरजग्गाको मूल्य संकलन गरेर सूचकाक तयार पारिने बताइएको छ । ‘अहिले हाम्रो तयारी प्रारम्भिक सूचकांकका लागि हो, त्यसका आधारमा थप अध्ययन गरी अन्तिम सूचकांक तयार पारिनेछ,’ स्रोतले भन्यो ।


‘घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिविम्बित गर्ने घरजग्गा मूल्य सूचकांक तयार गर्न सर्वेक्षणसम्बन्धी कार्य अगाडि बढाइनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ ।


घरजग्गालगायत सम्पत्तिको सूचकांकले लगानीकर्तालाई लगानीसम्बन्धी आधार प्रदान गर्ने भएकाले अर्थतन्त्रका लागि अपरिहार्य रहेको अर्थविद् केवश आचार्यले बताए । ‘यो महत्त्वपूर्ण आधार हो, यसले लगानीकर्ता निर्णयका लागि ठूलो आधार प्रदान गर्छ,’ उनले भने, ‘खासगरी ठूला लगानीकर्तालाई यो सूचक धेरै उपयोगी हुन्छ ।’


‘सर्वेक्षणका लागि सबै आधारभूत तयारी पूरा गरेका छौं,’ स्रोतले भन्यो, ‘अब छिट्टै फिल्डमा गएर तथ्यांक संकलनको

काम सुरु हुन्छ ।’ उपभोक्ता मूल्य सूचकांक र थोक मूल्य सूचकांक जस्तै मुलुकभरका विभिन्न स्थानबाट घरजग्गाको मूल्य संकलन गरेर सूचकाक तयार पारिने बताइएको छ । ‘अहिले हाम्रो तयारी प्रारम्भिक सूचकांकका लागि हो, त्यसका आधारमा थप अध्ययन गरी अन्तिम सूचकांक तयार पारिनेछ,’ स्रोतले भन्यो ।


‘घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिविम्बित गर्ने घरजग्गा मूल्य सूचकांक तयार गर्न सर्वेक्षणसम्बन्धी कार्य अगाडि बढाइनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ ।


घरजग्गालगायत सम्पत्तिको सूचकांकले लगानीकर्तालाई लगानीसम्बन्धी आधार प्रदान गर्ने भएकाले अर्थतन्त्रका लागि अपरिहार्य रहेको अर्थविद् केवश आचार्यले बताए । ‘यो महत्त्वपूर्ण आधार हो, यसले लगानीकर्ता निर्णयका लागि ठूलो आधार प्रदान गर्छ,’ उनले भने, ‘खासगरी ठूला लगानीकर्तालाई यो सूचक धेरै उपयोगी हुन्छ ।’


करिब डेढ दशकयता नेपालमा घरजग्गाको मूल्यमा धेरै उतारचढाव आएको तथा दलालीको बिगबिगी रहेको स्मरण गर्दै उनले भने, ‘करिब एक दशकअघि म राष्ट्र बैंकमै हुने बेला यस्तो सूचक बनाउनुपर्छ भनेर प्रस्ताव गरेको थिएँ, त्यतिबेला गर्न सकिएन । ढिलै भए पनि सुरुवात भएको छ ।


यो राम्रो हो ।’ घरजग्गासँगै सम्पत्ति सूचकांक पनि तयार गर्न उनले सुझाव दिए । ‘घरजग्गालगायत स्थिर सम्पत्तिसँगै बहुमूल्य सम्पत्ति सूनचाँदीलगायतको मूल्यको पनि सूचकांक तयार पारिनुपर्छ,’ उनले थपे, ‘यो सूचकांकले समग्र क्षेत्रमा लगानी, प्रतिफललगायतको जानकारी दिने भएकाले उपलब्धिमूलक छ ।’


बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा धितोका रूपमा लिने स्थिर सम्पत्ति वा घरजग्गाको मूल्यांकन विधिमा एकरूपता छैन ।

सोही कारण राष्ट्र बैंकले धितोमा रहेको स्थिर सम्पत्ति मूल्यांकन विधि तथा प्रक्रियामा एकरूपमा ल्याउन चाहेको छ । यो कुरा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि उल्लेख छ । ‘स्थिर सम्पत्ति वा घरजग्गाको धितोमा प्रवाह हुने कर्जामा धितो मूल्यांकनमा एकरूपता कायम गराउन सरोकारवालाको समन्वयमा धितो मूल्यांकन मार्गदर्शन जारी गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले बनाउन लागेको घरजग्गा सूचकांक यस्तो मार्गदर्शनका लागि पनि उपयोगी हुने विज्ञहरू बताउँछन् ।


त्यसो त सरकारले पनि घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन चाहेको छ । यसका लागि कानूनी मान्यताप्राप्त कम्पनीमार्फत मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था सरकारले गरेको छ । सरकाले बजेटमार्फत उक्त व्यवस्था ल्याएको हो । ‘आगामी दुई वर्षभित्र सम्पूर्ण कृषि जमिनको अभिलेख र जग्गा धनीपुर्जा विद्युतीय बनाउन आवश्यक बजेट विनियोजन गरेको छु,’ चालु आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको छ, ‘इजाजत प्राप्त कम्पनीमार्फत माक्र घरजग्गा खरिद बित्री गर्न पाउने कानुनी व्यवस्था गरिनेछ ।’


आधुनिक प्रविधिको उपयोगबाट नापी कार्य अघि बढाइने र सीमा क्षेत्रको नक्सांकन तथा नापी कार्य व्यवस्थित योजना पनि सरकारले अघि सारेको छ । यस्तै सिञ्चित तथा अन्य कृषि भूमिलाई घरघडेरीमा परिवर्तन गर्न नपाइने नीति पनि सरकारको छ । यसका लागि भूउपयोगसम्बन्धी विधेयक पनि निर्माणको अन्तिम चरणमा छ । सार्वजनिक तथा गुठी जग्गाको संरक्षण गर्नका लागि विधेयकमा विशेष व्यवस्था गरिएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?