सेयर कारोबार गर्न बैशाखदेखि प्यान अनिवार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी बैशाखदेखि दोस्रो बजारमार्फत पाँच लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने व्यवस्था लागु हुने भएको छ ।

सेयर कारोबार गर्न बैशाखदेखि प्यान अनिवार्य

नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा गरेको नीतिगत व्यवस्थालाई लागु गर्दै नेपाल धितोपत्र बोर्डले एकपटकमा पाँच लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुले अनिवार्य प्यान पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।


पाँच लाखभन्दा कमको कारोबारमा भने त्यसलाई ऐच्छिक बनाइएको छ ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?