१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

माथिल्लो त्रिशूली ३ ‘बी’ : सर्वसाधारणको बढी लगानी हुने आयोजना

बलराम बानियाँ

काठमाडौँ — नुवाकोट र रसुवा सीमास्थित ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् कम्पनी नेपाली जनताको झन्डै आधा ४९ प्रतिशत सेयर लगानीको पहिलो आयोजना हुने भएको छ । 

माथिल्लो त्रिशूली ३ ‘बी’ : सर्वसाधारणको बढी लगानी हुने आयोजना

सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेफाली, विद्युतको सेयर धनी’ नारासहित सुरु गरेको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत १९ वटा जलविद्युत् आयोजना राखेको छ । यो कार्यत्रममा माथिल्लो त्रिशूली ३ ‘बी’ कार्यान्वयन हुने पहिलो आयोजना बनेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिएका छन् ।

आयोजनाको इक्विटीमा नै सर्वसाधारणको ४९ प्रतिशत र प्रवर्द्धकको ५१ प्रतिशत शेयर रहनेछ । थप लगानी, बैंकबाट लिइने ऋण र ब्याजमा जनता र प्रवर्द्धकको दायित्वसमेत ४९ र ५१ प्रतिशत रहनेछ । जनताको लगानी रहने भनी घोषित १९ वटा आयोजनाको कुल विद्युत उत्पादन क्षमता ५१ सय मेगावाट छ । डीपीआर तयार भइसकेको तामाकोसी–५ आयोजनाको निर्माणमा जान प्राधिकरण टेन्डर गर्ने तयारीमा छ ।

माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजना सम्पन्न हुँदासम्म ऋण र ब्याजसहित ८ अर्ब २२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा प्रवर्द्धक नेपाल टेलिकम र विद्युत् प्राधिकरणको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहनेछ । यसअघि उक्त आयोजनामा टेलिकमको ३०, प्राधिकरणको ३०, निर्माणस्थल पर्ने जिल्ला रसुवा र नुवाकोटका सबै स्थानीय तहको ५, नुवाकोट र रसुवाबासीको ५, मुलुकभरका सर्वसाधारणको सेयर १५, नुवाकोट र रसुवाका जलविद्युत् क्षेत्रमा लगानी गरिरहेका कम्पनीको १० र टेलिकम तथा प्राधिकरणको कर्मचारी गरी ५ प्रतिशत लगानी रहने गरी माथिल्लो त्रिशूली ३ ‘बी’ कम्म्पनी स्थापना भएको हो ।

कम्पनीले दुई वर्षपछि आगामी २०७७ को फागुन मसान्तसम्म आयोजनाको निर्माण सकी विद्युत् निकाल्ने गरी ठेक्का सम्झौता गरिसकेको छ । ठेकेदारले काम सुरु गरिसकेको छ । यो आयोजना ढिलोमा अबको एक वर्षभित्र सम्पन्न हुने ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केट आयोजना हो । अर्थात् माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट ६० मेगावाट बिजुली निकालिसकेपछि पानीलाई नदीमा नखसाल्दै त्यसैलाई पुनः दोस्रो सुरुङमार्फत विद्युत् गृहमा लगी ३७ मेगावाट बिजुली निकाल्ने क्यास्केड आयोजना हो ।

नदीमा इन्टेक र बालुवा थेग्य्राउने पोखरी बनाउनुपर्ने नभएकाले यो आयोजना लागतका हिसाबले सस्तो मानिन्छ । तर, निर्माण सुरु हुनासाथ ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनको प्रस्तावमा माथिल्लो क्रिशूली ३ ‘बी’ लाई जनताको जलविद्युत् कार्यत्रमभित्रको आयोजनामा पारिएपछि केही ढिला हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

जनताको जलविद्युत् कार्यक्रमभित्र पारिएपछ माथिल्लो त्रिशूली ३ ‘बी’ को प्रवर्द्धक कम्पनीभित्र पुनः सेयर संरचना फेरबदल गर्नुपर्ने भएकाले निर्माण कार्य एक वर्षपछि धकेलिकने हो कि भन्ने चिन्ता बढेको हो । माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजनाका म्यानेजर आनन्द ढुंगेलले भने लगानी संरचना फेरबदल हुँदैमा निर्माण कार्य सम्पन्न हुने समय पछाडि नधेकिलिने दाबी गरे । ‘अहिलेको लगानीको संरचनाअनुसार आयोजना अघि बढेको छ ।

ठेकेदार परिचालन भएर निर्माण कार्य सुरु भइसकेको छ,’ ढुंगेलले कान्तिपुरसित भने, ‘नयाँ लगानी संरचनामा जानेबारेमा औपचारिक निर्णय भइसकेको छैन । अहिलेकै संरचनाअनुसार निर्माण कार्य सुरु भइसकेको छ । नयाँ लगानी संरचनामा गयो भने पनि निर्माण कार्य यथावत् अघि बढ्नेछ । निर्माण कार्य समयतालिकाअनुसार नै सम्पन्न हुनेछ ।’

‘जनताको जलविद्युत् कार्यक्रम’ मा परेपछि नेपाली जनताको ४९ प्रतिशत तथा टेलिकम र विद्युत् प्राधिकरणको ५१ प्रतिशत लगानी रहने गरी कम्पनीको सेयर संरचना प्रस्ताव गरी कम्पनीको रजिस्ट्रार कार्यालयमा सेयर संरचना परिवर्तन गरिनेछ । जनताको ४९ प्रतिशत लगानी हुँदा स्थानीयबासी, प्रभावित जिल्ला, स्थानीय जलविद्युत् विकास कम्पनीलगायतको सेयर संरचना कति कति प्रतिशत रहने भन्ने निर्णय हुन बाँकी छ ।

नेपाल धितोपत्र बोर्डले माथिल्लो त्रिशूली ३ ‘बी’ कम्पनीलाई आागामी चैत ७ देखि प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । आयोजना सम्पन्न हुने लगभग निश्चित भएपछि वा काम ५० प्रतिशत सकिएपछि मात्र आईपीओ निष्कासनको अनुमति दिँदै धितोपत्र बोर्डले माथिल्लो त्रिशूली ३ ‘बी’ कम्पनीलाई निर्माणको काम सुरु हुनासाथ आईपीओ जारी गर्ने अख्तियारी दिएको हो । ‘सरकारी स्वामित्वको विश्वासिलो कम्पनी भएकाले धितोपत्र बोर्डले माथिल्लो त्रिशूली ३ ‘बी’ लाई पहिल्यै आईपीओ जारी गर्ने अनुमति दिएको हो,’ ऊर्जा मन्त्रालयका एक अधिकारीाले कान्तिपुरसित भने ।

दोस्रो आयोजना माथिल्लो तामाकोसी ५

ऊर्जा मन्क्रालयले जनताको जलविद्युत् कार्यत्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ ‘बी’ पछि दोस्रो आयोजनाका रूपमा ९६ मेगावाटको तामाकोसी ५ जलविद्युतको निर्माण कार्य सुरु गर्ने भएको छ ।

विद्युत् प्राधिकरणले नै करिब १९ अर्ब ३० करोड रुपैयाँ लागतको तामाकोसी ५ आयोजना अघि बढाउने भएको छ । यो आयोजनामा समेत जनताको ४९ प्रतिशत लगानी रहनेछ । यो पनि क्यास्केड आयोजना हो ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको आयोजनाबाट विद्युत् उत्पादन भएपछि निस्कने पानीलाई नदीमा नफर्काई सोझै दोस्रो सुरुङमार्फत विद्युत् गृहमा लगी ९६ मेगावाट बिजुली निकाल्ने आयोजना हो । नदीमा बाँध (इन्टेक) र बालुवा थेग्य्राउने पोखरी नबनाईकन बनाइने आयोजना भएकाले यो आयोजना निर्माण लागतका हिसाबले सस्तो छ ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?