२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कागती नर्सरीमा डेढ लाख बिरुवा

आश गुरुङ

लमजुङ — सुन्दरबजार नगरपालिका १ कुन्छाको एउटै कागती नर्सरीमा डेढ लाख बिरुवा उत्पादन गरिएको छ । चितवन बसाइँ सरेर गएका ५५ वर्षीय गोवर्द्धन गौली र उनकी पत्नी तारा भट्टराई गौली गाउँ फर्केर कागतीको बिरुवा उत्पादनमा लागेका हुन् ।

कागती नर्सरीमा डेढ लाख बिरुवा

आफ्नो पुर्ख्यौली दुई सय रोपनी र थप दुई सय रोपनी जग्गा किनेर चार सय रोपनीमा कागतीका बिरुवा रोप्नुका साथै यसको खेती, सुन्तला, अदुवा, कफीलगायत खेती गरिएको छ । कागतीको नर्सरी मात्रै १५ रोपनीमा छ ।


भोजपुर, धनकुटा, गुल्मी, जाजरकोट र तनहुँबाट २० क्विन्टल कागती ल्याएर बीउ जमाई बिरुवा उत्पादन गरेको गौलीले बताए । भैंसी र बाख्रा पनि पाल्न थालिएको छ । कुल ४ सय रोपनी जग्गा रहे पनि अहिले डेढ सय रोपनी जग्गा मात्रै प्रयोगमा छ । बाँकीमा कागती, सुन्तलालगायत खेती गर्ने तयारी गरिएको छ । परीक्षणका लागि स्याउका बिरुवासमेत रोपिएको छ । बाख्रापालन र भैंसीपालनलाई बढावा दिने तयारी गरेको छ ।


‘सरकारी अनुदान प्राप्त गरेर १५/२० हजार बिरुवा तयार पारेको देखेको छु । मैले डेढ लाख बिरुवा तयार पारेको छु,’ उनले भने । गौलीले ‘हाइडेन्सिटी’ प्रविधिमार्फत ४ हजार ५ सय कागती खेती र ५ सय सुन्तला खेती गरिएको बताए । कागतीले फल दिन थालेको छ । सिँचाइका लागि २ किलोमिटर तल ताप्ले खोलाबाट पानी लिफ्टिङ गरी ल्याइएको छ । ५ हजार क्षमताका ४ वटा ट्यांकी राखेर खेतबारीमा सिँचाइ गरिएको छ । यसका लागि फलफूल तथा सुन्तला जात बाली विकास परियोजना कीर्तिपुरले २० लाख अनुदान दिएको थियो । अन्य कहीँकतैबाट सहयोग तथा अनुदान नलिएको उनले बताए ।


कलमी गरेर खेती गर्न कागतीका १३ वटा ‘मदर प्लान्ट’ रहेको ‘हाइटेक’ नर्सरी स्थापना गरिएको छ । गत वर्ष कागतीका बिरुवा बिक्रीबाटै १२ लाख रुपैयाँ आम्दानी गरेको गौलीले बताए । प्रतिबिरुवा ४० रुपैयाँमा बिक्री गरिएको थियो ।


यस वर्ष ४० लाख रुपैयाँ आम्दानी हुने उनले बताए । ‘कागतीका बिरुवा नबिक्ने कुनै चान्स नै छैन । यसतर्फ किसानको आकर्षण बढ्दो छ,’ उनले भने । आफ्नो फार्ममा मात्रै गौली दम्पतीले तीनजना जेटिएसहित १६ जनालाई पूर्णकालीन रोजगारी दिएका छन् ।

प्रकाशित : चैत्र १०, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?