प्रहरीले खोल्यो धितोपत्र बोर्डको ताला

काठमाडौँ — धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले खोलेको छ । सेयर लगानीकर्ताको एक समूहले आइतबार कार्यालय समय अगावै (बिहान ९ बजे) कार्यालयको प्रमुखद्वारमा ताला लगाएको थियो । तालावन्दीले धेरै कर्मचारी कार्यालय भित्र पस्न पाएनन् भने चारजना कर्मचारी भित्रै थुनिएका थिए । 

प्रहरीले खोल्यो धितोपत्र बोर्डको ताला

यसको जानकारी गृहमन्त्रालय पुगेपछि माथिको आदेश भन्दै प्रहरीले १२ः४५ बजे ताला खोलेर कर्मचारीलाई भित्र प्रवेश गराएको छ । लगानीकर्ताको एक समूहले सेयर बजार सुधारका लागि राम्रो काम नगरेको भन्दै बोर्डमा तालाबन्दी गरेको थियो ।


प्रकाशित : चैत्र १०, २०७५ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?