कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सबै नेपालीको बैंक खाता कार्यक्रम सुरु

यज्ञ बञ्जाडे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमको शुभारम्भ गरेका छन् । जेष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता कार्यक्रमको प्रधानमन्त्री ओलीले आइतबार शुभारम्भ गरेका हुन् । 

सबै नेपालीको बैंक खाता कार्यक्रम सुरु

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएको यो कार्यक्रम नयाँ वर्षको अवसर पारेर शुभारम्भ गरिएको हो ।


सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर कार्यक्रमको उदघाटन गरेका हुन् । कार्यक्रम अनुसार नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ ।


जेष्ठ नागरिक स्वास्थ्य बिमा योजना अन्तरगत सय वर्षकी जमुना गुरुङ बिमा गरिएको परिचयपत्रका साथ । तस्बिर : हेमन्त श्रेष्ठ


यो वर्षभरी खुल्ने फ्राकृतिक व्यक्ति (व्यत्तिगत) खातामा बैंक तथा वित्तीय संस्थाले सय रुपैयाँ जम्मा गरिदिने छन् । उक्त रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउनेछन् । संस्थागत खातामा भने यो व्यवस्था लागू हुने छैन । बचत खाताको ब्याजदर भने बैंकअनुसार फरकफरक हुनेछ ।


सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर त्यसको पत्र प्रदान गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ


पछिल्ला केही वर्षयता सरकारले वित्तीय पहुँच विस्तारका लागि सबै नेफालीको बैंक खाता कार्यक्रम घोषणा गर्दै आएको छ । कार्यत्रम घोषणा भए पनि अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार भएको देखिँदैन । यही कारण सरकारले आउँदो वैशाखदेखि ऊक्त कार्यत्रमलाई व्यापक बनाउन लागेको छ । कार्यक्रमलाई सफल प्रभावकारी बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहकार्य गरेका छन् ।




राष्ट्र बैंककाअनुसार गत फागुनसम्म २ करोड ५६ लाख ५८ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ४१ लख ५९ हजार बढी हो । ०७४ फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप खाता संख्या २ करोड १४ लाख ९८ हजार थियो ।




तस्बिरहरु : हेमन्त श्रेष्ठ


प्रकाशित : वैशाख १, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?