२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

वाणिज्य बैंकको मात्रै पौने ३ अर्बको कारोबार

काठमाडौँ — यो साता बजारमा कुल २ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । कुल कारोबारमध्ये करिब पौने २ अर्ब रुपैयाँ बराबरको सेयर वाणिज्य बैंकको मात्रै किनबेच भए । यो कुल कारोबारको ६५.११ प्रतिशत हो ।

वाणिज्य बैंकको मात्रै पौने ३ अर्बको कारोबार

पछिल्ला तीन सातायता बजारमा वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । कुल कारोबारमा वाणिज्य बैंकको हिस्सा बढ्दै जानुले पनि यही संकेत गर्छ । गत साता कुल कारोबारमा बैंकिङ समूहको सेयर हिस्सा ६१ प्रतिशत र अघिल्लो करिब ६५ प्रतिशत थियो ।


सामान्य अवस्थामा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा करिब ५० प्रतिशत हाराहारी रहँदै आएको छ । यो साता यस्तो हिस्सा ६५ प्रतिशत भन्दा धेरै हुनुले पनि बैंकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षण बढेको पुष्टि हुने जानकारहरू बताउँछन् ।

कुल कारोबारमा बैंकिङपछि बिमा समूहले धेरै हिस्सा ओगटेको छ ।


पाँच दिनको कारोबारमा बिमा कम्पनीका ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भए । यो कुल साप्ताहिक सेयर कारोबारको करिब १३ प्रतिशत हो । गत साता यस्तो हिस्सा थोरैले कम हो । बिमापछि धेरै हिस्सा ओगट्नेमा लघुवित्त र विकास बैंक समूह छन् ।

यो साता करिब ३३ हजार कारोबारबाट १ सय ८३ कम्पनीका साढे ८६ लाख ४२ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट करिब पौने ३ अर्ब (२ अर्ब ६२ करोड) रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । गत साताको तुलनाका यो साताको कारोबार रकम साढे १२ प्रतिशतले कम हो ।


नयाँ वर्ष ०७५ को पहिलो दिन सार्वजनिक बिदा परेकाले यो साता चार दिन मात्र बजार खुल्यो । यही कारण गत साताभन्दा कारोबार रकम घटेको हो । अघिल्लो साताको तुलनामा कारोबार रकम घटे पनि नेप्से परिसूचक बढेको छ । साप्ताहिक कारोबारमा करिब २४ अंक (करिब ४ प्रतिशत) ले बढ्यो । साताका सबै कारोबार दिन नेप्से बढेकाले समग्र परिसूचक बढेको हो ।


साप्ताहिक सेयर कारोबारमा जलविद्युत् र ‘अन्य’ बाहेक सबै समूहका लगानीकर्ताको सम्पत्ति बढ्यो । जसमध्ये बिमा, बैंकिङ र होटल समूहका लगानीकर्ताको सम्पत्ति धेरैले बढ्यो । सो अवधिमा जलविद्युत् र ‘अन्य’ समूहका लगानीकर्ताको सम्पक्ति त्रमशः ६.०१ र १.४४ अंकले ऋणात्मक रहे ।


चार दिनको कारोबारमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) करिब ६५ अर्ब ६९ करोड रुपैयाँले विस्तार भएको छ । योसँगै गत साता कुल बजार पुँजीकरण १५ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।


यो साता सिनर्जी फाइनान्स कम्पनीको हकप्रद र नेपाल इन्भेस्टमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?