चीन छोड्दै अमेजन

रोयटर्स

बेइजिङ — विश्वकै सर्वाधिक ठूलो अमेरिकी ई–कमर्स कम्पनी अमेजनले चीनको आफ्नो अनलाइन स्टोर बन्द गर्ने भएको छ । आउँदो जुलाईभित्र चीनबाट अमेजन पूर्ण रूपमा हट्नेछ । स्थानीय ई–कमर्स कम्पनीहरू बलिया प्रतिस्पर्धीका रूपमा विकसित भएपछि अमेजनलाई चीनमा कारोबार गर्न गाह्रो परेको थियो ।

विश्वकै उच्च जनसंख्या रहेको चीनमा अमेजनले अन्तरदेशीय सामान र क्लाउड सेवामार्फत लाभदायक व्यापार चाहे पनि पछिल्लो समय त्यो सम्भव भइरहेको थिएन ।


उपभोक्ता अध्ययन संस्था, आइरिसर्च ग्लोबलका अनुसार अलिबाबा समूहको टिमल मार्केटप्लेस र जेडी डटकमले गत वर्ष चिनियाँ ई–कमर्स बजारको ८२ प्रतिशत हिस्सा ओगटेका थिए । यस्तोमा अमेजनले त्यहाँ रहनुको औचित्य नदेखेको बताइन्छ । यसका प्रवक्ताले बिहीबार रोयटर्ससँगको कुराकानीमा अमेजन डट सीएनमार्फत यसले मार्केटप्लेसन सञ्चालन र बिक्री सुविधा दुवै बन्द गर्न लागेकोबारे आफ्ना बिक्रेतालाई चाँडै जानकारी दिने बताए ।


यसबारे जानकार स्रोतले कम्पनीको हट्ने योजनाबारे यसअघि नै रोयटर्सलाई बताएका थिए । ‘सरल कारोबार र प्रभावकारी वितरणको सुनिश्चितताका लागि हामी हाम्रा बिक्रेतासँग निकट भएर काम गर्दै आएका छौं,’ अमेजन फ्रवक्ताले वत्तव्यमा झनेका छन्, ‘चीनबाहिर बिक्री गर्न चाहने बित्रेताले अमेजन ग्लोबल सेलिङमार्फत बिक्री जारी राख्न सक्नेछन् ।’


स्रोतका अनुसार अमेजनबाट किनमेल गर्ने चीनका ग्राहकले भने अब तेस्रो पक्ष व्यापारीबाट सामान किन्न पाउने छैनन् । यद्यपि तिनले अमेजनको ग्लोबल स्टोरमार्फत संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी र जापानदेखि सामान मगाउन सक्छन् । आउने ९० दिनभिक्र अमेजनले स्थानीय बित्रेताबाट सहयोग लिन छोड्नेछ ।


यही अवधिमा उसले देशभर रहेका आफ्ना सेवा केन्द्रको प्रभावबारे समीक्षा गर्नेछ । यी केन्द्र पनि अमेजनले बन्द गर्नेछ । ‘लाभदायक नभएकाले र विकास नभएपछि उनीहरू निस्किन लागेका हुन्,’ वेडबुस सेक्युरिटिजका समीक्षक माइकल प्याचरले भनेका छन् । सेन्जेनस्थित अजोय ई–कमर्स कन्सल्टेन्सीका बजारविज्ञ के झेङका अनुसार चीनका घरेलु प्रतिस्पर्धीमाझ अमेजनलाई गतिलो फाइदाको वातावरण छैन । कुनै खास निर्यातित वस्तु अन्त कतै नपाइए मात्रै ग्राहकले अमेजन खोज्ने होइन भने यसलाई रोज्नुको कारण नभएको झेङको भनाइ छ ।


‘टिमल र जेडीले जस्तो चाँडै सामान आइपुग्ने भए पो अमेजन रोज्नु,’ उनले भने, ‘यसलाई रोज्नुपर्ने कुनै कारण छैन ।’ सञ्चालन बन्द भए पनि अमेजन ग्लोबल स्टोर, अमेजन सेलिङ, किन्डल ई–रिडर्स र अनलाइन कन्टेन्टमार्फत अमेजन डटकम इंकले चीनमा लगानी र विस्तार जारी राख्ने कम्पनीले जनाएको छ । डेटा स्टोरेज र कम्प्युटिङ पावर बेच्दै आएको कम्पनीको क्लाउड कम्प्युटिङ युनिट ‘अमेजन वेब सर्भिसेज’ पनि चीनमा यथावत् रहनेछन् ।


ई–कमर्समा मन्दी

जेफ बेजोसले स्थापना गरेको विश्वकै ठूलो अनलाइन खुद्रा पसलको यो कदमका पछाडि अर्को पनि कारण छ । चीनमा ई–कमर्स क्षेत्रमा मन्दी छाएका बेला अमेजन त्यहाँबाट निस्किन लाग्दै छ । गत जनवरीमा मात्रै अलिबाबाले सन् २०१६ यताकै सर्वाधिक सुस्त चौमासिक आम्दानीबारे जानकारी दिएको थियो । जेडी डटकमले कर्मचारी संख्या घटाएर आफ्नो व्यापार वातावरण परिवर्तन गर्न खोज्दै छ ।


अमेजनझैं अन्य पश्चिमा रिटेलर ई–कमर्स संस्थाको फिर्तीले पनि चीनमा यो क्षेत्र सुस्ताउन थालेको बताइन्छ । सन् २०१६ मा वालमार्ट इंक आफ्नो चिनियाँ अनलाइन सपिङ प्लेटफर्म जेडी डटकमलाई बेचेर हिँडेको थियो । अमेजनले सन् २००४ मा ७५ अर्ब डलर तिरेर चिनियाँ अनलाइन सपिङ बेबसाइट जोयो डटकम खरिद गरेको थियो । जोयोलाई नै रिब्रान्डिङ गरेर उसले सन् २०११ मा अमेजन चाइन सुरु गरेको हो ।


टमलको प्रभुत्व देखिने भएपछि अमेजनले सन् २०१५ अलिबाबाकै साइटमा अमेजनले आफ्नो अनलाइन स्टोर सुरु गर्‍यो । अन्य देशमा अमेजन बृहत् रूपमा विस्तार भइरहेको छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?