कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ठगीमा गुमाए अस्ट्रेलियालीले ४० अर्ब

नारायण खड्का

अस्ट्रेलिया — बितेको एक वर्षमा अस्ट्रेलियालीले विभिन्न ठगीका घटनामा करिब ५ सय मिलियन डलर (करिब ४० अर्ब रुपैयाँ) गुमाएका छन् । यहाँको नियमन निकाय अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्जुमर कमिसन (एसीसीसी) ले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न ठगी (स्क्याम) कम ठूलो रकम हिनामिना भएको हो । 

एसीसीसीको तथ्यांकअनुसार सन २०१८ मा मात्रै अस्ट्रेलियालीहरू फोन, इमेललगायतबाट गरिएको ठगीमा परी सय ८९ दशमलव ७ मिलियन डलर गुमाएका हुन् । जुन अघिल्लो वर्षको भन्दा १ सय ४९ मिलियन डलरले बढी हो ।

एसीसीसी अस्ट्रेलियाली सरकारले स्वच्छ र प्रतिस्पर्धात्मक बजार र त्यससम्बन्धी कानुन लागू गर्नका लागि स्थापना गरेको निकाय हो । यस निकायका साथै अन्य नियमन निकायहरूमा यससम्बन्धी ३ लाख ७८ हजार उजुरी परेको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये सबैभन्दा धेरै आर्थिक ठगीका घटनाहरू देखिएका छन् ।

तथ्यांक अनुसार लगानी सम्बन्धी स्क्याममा परी यहाँका नागरिकहरूले ८६ मिलियन डलर गुमाएका छन् भने अनलाइन डेटिङ र रोमान्ससम्बन्धी स्क्याममा परी ६० दशमलव ५ मिलियन डलरको ठगीमा परेका छन् ।

ठगहरूले अत्याधुनिक प्रविधिको प्रयोग गरी अटोमेटेड कल र सामाजिक सञ्जालहरूमार्फत ठगी गरेको बताइएको छ । यसका साथै उनीहरूले एप्पलको आइटयुन्स, गुगल प्लेलगायतकाको गिफ्ट कार्डमार्फत समेत ठगी गरेका छन् । क्रिप्टो करेन्सीलगायतका अत्याधुनिक आर्थिक माध्यमहरूलाई समेत उपयोग गरिएको छ । यस किसिमका आर्थिक कारोबारहरूबाट बैंकबाट हुने कारोबार छल्न मद्दत पुग्ने गरेको छ ।

५५ देखि ६४ वर्ष उमेरका व्यक्तिहरूले अन्य उमेर समूहका व्यक्तिहरूको तुलनामा धेरै रकम गुमाएका छन् । एसीसीसीमा मात्र २४ दशमलव ८ मिलियन डलर गुमाएको उजुरी परेको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् । स्क्याममा पर्नेमा महिलाको संख्या धेरै छ । रकमका आधामा पुरुषहरूले धेरै रकम गुमाएका छन् ।


महिलाहरूले ४८ दशमलव ८ मिलियन डलर गुमाएका छन् भने पुरुषहरूले ५६ दशमलव ९ मिलियन डलर गुमाएको उजुरी परेको छ । अधिकांश पुरुषहरू लगानीको बहानामा ठगिएका छन् भने महिलाहरू डेटिङ तथा रोमान्सको बहानामा ठगिएको उल्लेख छ ।

प्रकाशित : वैशाख १९, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?