विमान बजारमा चिनियाँ दबाब

बीबीसी

बेजिङ — विश्वकै सर्वाधिक ठूलो उड्डयन बजार बन्न लागेको चीनले पछिल्ल्ो एक दशकयता आफ्नै जहाजहरू निर्माण गरिरहेको छ । यो क्षेत्रमा पश्चिमा उत्पादकको दबदबा कमजोर गराउनु उसको लक्ष्य हो । सँगसँगै उसले कमर्सियल एयरक्राफ्ट कर्पोरेसन -कोम्याक) मार्फत निर्माण गरेका जहाज आलोचित बनिरहेका छन् । 

चीनले बनाएका जेट विमानले निकट भविष्यमै बोइङ र एयरबसलाई टक्कर दिने अनुमान गरिएको छ । विज्ञहरू केसम्म भन्छन् भने समयक्रममा सरकारी सहयोगको कोम्याकले यो क्षेत्रका सम्पूर्ण स्थापित खेलाडीहरूलाई चुनौती दिनेछ । चीन सरकारले व्यापक महत्त्व दिएका उच्च प्राविधिक निर्माणमध्ये कोम्याक एक हो ।


'बजार हल्लाउने चिनियाँ क्षमतालाई कम आँक्न सकिँदैन,' उड्डयन क्षेत्रसम्बन्धी सुझाव दिने एन्डयु एनालिटिक्सका संस्थापक सुकुर युसुफ भन्छन्, 'युरोपेली-अमेरिकी उत्पादनको द्वैधाधिकार रहेको बजारमा तेस्रो पक्षले हस्तक्षेप गर्ने संकेत देखिन्छ । त्यो तेस्रो पक्ष सायद चीन हो ।' यसमार्फत उड्डयन क्षेत्रको परिदृश्य परिवर्तन हुने सम्भावना देखिएको युसुफको भनाइ छ ।


कोम्याकले अहिलेसम्म एआरजे टान्टी वान र सी नाइन वान नाइन गरी दुईवटा जेट विमान निर्माण गरिसकेको छ । तेस्रो विमान निर्माणका लागि रुससँग सहकार्य गर्दै छ । नब्बे सिट संख्या रहेको एआरजे २१ प्रयोगमा आइसके पनि यसले राम्रो प्रतिक्रिया पाएको छैन । ध्वनि र अन्य चिजमा गुनासो आएपछि कतिपयले यसलाई प्रतिस्पर्धीमाझ कमजोर भएको भन्दै अस्वीकार गरेका छन् । ब्राजिलको इम्ब्राइयर र क्यानडाको बम्बार्डियरजस्ता प्रतिस्पर्धीसामु यसलाई निम्न मानिएको छ ।


टिल ग्रुप एभिएसनका विश्लेषक रिचार्ड अबोलाफियाका अनुसार नमुनाका रूपमा उक्त विमान देखाएर चीनले आफूलाई अर्को ठूलो जेट निर्माताका रूपमा औंल्याउन चाहेको थियो । यसमा चीन चुकेको रिचार्डको विश्लेषण छ । उनले विमानलाई 'चीनको सानो प्रान्तीय वायुयान क्षेत्रभन्दा बाहिर औचित्य नरहेको पुरानो शैलीको अतिरञ्जित सामग्री' भनेका छन् । योसँगै बनेको सी ९१९ प्रति चाहिँ कोम्याकको ठूलो आशा छ ।


१६८ यात्रु अट्ने सी ९१९ चीनको पहिलो लार्ज प्यासेन्जर विमान हो । बोइङ ७३७ र एयरबस ए ३२० नियोसँग प्रतिस्पर्धा गर्ने हिसाबले यसको डिजाइन गरिएको छ । गत डिसेम्बरमा विमानले तेस्रो परीक्षण उडान सम्पन्न गरेको थियो । यसलाई सन् २०२१ बाट सञ्चालनमा ल्याइने तय भएको छ । यस विषयमा कोम्याकले बीबीसीलाई कुनै प्रतिक्रिया दिन चाहेन ।


प|mस्ट एन्ड सुलिभान कन्सल्टयान्सीको तथ्यांकले भने कोम्याकले सी ९१९ का लागि विशेषतः चिनियाँ वायुयान र आन्तरिक संस्थाहरूबाट करिब १ हजार प्रतिबद्धता हासिल गरेको छ । एयर चाइना, चाइना साउदर्न र चाइना इस्टर्न गरी देशका तीन ठूला विमानले सी ९१९ का लागि अर्डर दिएका छन् । पहिलो जेटमा समस्या आएपछि सी ९१९ को सन् २०२१ मा उडान लक्ष्य पूरा हुनेमा दुविधा सिर्जना भएको छ ।


टिल ग्रुपका रिचार्डले यो विमान प्रयोगमा आउने बेलासम्म एयरबस र बोइङले अझ विकसित मोडल तयार पार्न सक्नेछन् कि भन्नेतर्फ ध्यानाकर्षण गराएका छन् । रुससँगको सहकार्यमा कोम्याकले सीआर ९२९ तयार पारिरहेको छ । १ हजार २ सय किलोमिटर रेन्ज रहेको यो वाइड बडी विमान २८० सिट संख्याको हुनेछ । हालसम्म चिनियाँ उड्डयन नियामकले मात्रै कोम्याकका जेटलाई उडान अनुमति दिएका छन् ।


चिनियाँ अनुमति पहिचान गर्ने एसिया, अफ्रिका र दक्षिण अमेरिकाका केही क्षेत्रमा पनि यसका विमान सञ्चालन हुन सक्छन् । यी बजारभन्दा बाहिर जान कोम्याकले यूएस फेडेरल एभिएस एडमनिस्टे्रसन (एफएए) र युरोपियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए) बाट अनुमति पाउनुपर्छ । यिनले तुरुन्त अनुमति देलान् भन्नेमा शंका छँदैछ ।


'यसले पश्चिमा प्रमाणपत्र प्राप्त गर्छ/गर्दैन भन्ने नै ठूलो प्रश्न हो,' फ्लाइट ग्लोबलका एसिया फाइनान्स सम्पादक एलिस टेलर भन्छन्, 'कोम्याकले एआरजे २१ कै लागि एफएएको प्रमाणपत्र पाउने आशा गरेको थियो तर यसको प्रक्रिया अनिश्चितकालका लागि पर सारिएको छ ।' यी द्वार बन्द रहे पनि कोम्याकलाई ठूलो र बढ्दो स्तरको बजारसँग पहुँच छ । सन् २०२० को मध्यसम्ममा चिनियाँ उड्डयन बजारले अमेरिकालाई पछि पार्ने अनुमान गरिएको छ ।


पश्चिमा वायुयान किन्ने प्रमुख देश चीन हो । बोइङले झेल्दै आएको संकटबीच स्थानीयस्तरमा बनेका यी विकल्पले धेरैको रुचि तान्ने प्रबल सम्भावना देखिन्छ । बोइङ ७३७ म्याक्स मोडलका सबैभन्दा धेरै विमान सञ्चालन गर्ने देश चीन हो भने गत मार्चमा भएको इथोपियन एयरलाइन्स ७३७ म्याक्सको दुर्घटनापछि सबैभन्दा पहिले उक्त विवादास्पद विमान ग्राउन्डेड गर्ने देश पनि चीन नै हो ।


बोइङको संकटले कोम्याको सी ९१९लाई चीन र विदेशमा उडान विस्तार गर्न सहयोग पुर्‍याउन सक्ने प|mस्ट एन्ड सुभिलान एरोस्पेसका सल्लाहकार रमेश तान्जाभुरुले बताएका छन् । 'यसले अभाव पूर्ति गर्नुका साथै चिनियाँ बजारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ,' उनले भने ।


कोम्याकले अफ्रिका र एसियाका उदीयमान बजारतर्फ पनि दृष्टि राखेको छ । विमानहरू धेरै महँगा छैनन् । सी ९१९ को न्यूनतम मूल्य ५० मिलियन डलर छ । यो एयरबस ए ३२० नियाको भन्दा आधा कम मूल्य हो ।

प्रकाशित : वैशाख १९, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?