कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

गौतम बुद्ध विमानस्थलको काम पुन: सुरु

भैरहवा — निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काम बुधबारदेखि पुन: सुरु भएको छ । 
निर्माण कम्पनीले पाउनुपर्ने भुक्तानीमध्येको १० करोड रुपैयाँ पछि शोधभर्ना गर्ने गरी नागरिक उड्डयन प्राधिकरणलाई बुधबार उपलब्ध गराएपछि काम सुरु भएको हो । यसअघि सीधै निर्माण कम्पनीको बैंक खातामा आउने गरेको थियो ।

गौतम बुद्ध विमानस्थलको काम पुन: सुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले ठेकेदारले पाउनुपर्ने १० करोड रुपैयाँ तत्काल नेपाल नागरिक उड्डयन प्राधिकरणले पछि शोधभर्ना हुने गरी बुधबार उपलब्ध गराएको बताए ।


‘भुक्तानी पाउनासाथ ठेकेदार कम्पनीका तर्फबाट सकारात्मक प्रतिक्रिया आएको छ,’ उनले भने, ‘रोकिएका सबै काम बुधबारबाटै सुरु भएका छन् ।’ कम्पनीले मजदुरलगायत विभिन्न सप्लायर्सलाई भुक्तानी दिन नसकेर उत्पन्न अविश्वास र अन्योल पनि हटेको उनले बताए । रोकिएको धावनमार्गको अन्तिम पिचको काम पनि सुरु गरिएको छ ।


बिहीबारदेखि निर्माण कार्यमा निरन्तरता र तीव्रता दिने प्रतिबद्धता ठेकेदार कम्पनीले देखाएको छ । एक महिनाअघि नै ठेकेदार कम्पनीलाई उपलब्ध गराउनुपर्ने खर्चको भुक्तानी सरकारी प्रक्रियागत ढिलाइले भुक्तानी नहुँदा आइतबारदेखि काम रोकिएको थियो ।


अर्थ मन्त्रालयले ७० करोड रुपैयाँको निकासा सोमबार आयोजनालाई दिएको थियो । एसियाली विकास बैंक अन्तर्गतको उक्त रकम ठेकेदार कम्पनीले पाउनुपर्ने थियो । बैंकले सिधै ठेकेदार कम्पनीको खातामा राखिदिने गरेकोमा अहिले नागरिक उड्डयन प्राधिकरणको खातामा जम्मा गरिदिनेछ । आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थको विषयमा बुटवल उपमहानगरपालिकासँगको विवाद पनि समाधान भएर सामग्री उपलब्ध हुन थालेको छ ।


नगरपालिकाले पुरानै दररेटमा उपलब्ध गराउने निर्णय भएपछि सप्लायर्सले तोकिएको परिणाम नदीबाट निकाल्ने तयारी गरेको पनि आयोजना प्रमुख अधिकारीले बताए ।


प्रकाशित : जेष्ठ २, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?