कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

माटाका नमुना परीक्षण

रासस

कञ्चनपुर — भीमदत्त नगरपालिकामा माटोका ६ सय नमुना परीक्षण गरिएको छ । भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटाका ६ सय नमुना परीक्षण गरिएको हो ।

भीमदत्त नगरपालिका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत धान जोनद्वारा सञ्चालित शिविरमा संकलन गरिएको माटाका नमुना परीक्षण गर्दा अधिकांशमा प्रांगारिक पदार्थको कमी, अम्लीयपन र क्षारीयपनलगायत अधिक देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा शिविर आयोजना गरिएको थियो ।


कुनै नमुनामा फोस्फोरसको मात्रा अधिक र कुनैमा पोटास र नाइट्रोजनको मात्रामा कमी देखिएको त्यसमा संलग्न प्राविधिकहरूले बताए । कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ ? माटोको खाद्य शक्ति बढाउन के गर्नुपर्छ ? उत्पादन कसरी बढाउन सकिन्छ लगायत कुरामा किसानलाई सचेतना दिन नगरपालिकाले माटो परीक्षणको कार्य अगाडि बढाएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।


‘शिविरबाट किसानलाई माटो परीक्षणसम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भई बढी उत्पादन भएर त्यसबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौं,’ उनले भने । माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटोविज्ञ रामदरार यादवले माटो परीक्षणप्रति किसान सचेत हुन नसकिएको अवस्थामा यो कार्यक्रमले सचेतना अभिवृद्धिमा टेवा पुर्‍याउने बताए ।


वडा नं ६ बाट संकलन गरिएको माटाको नमुना परीक्षण गर्दा फोस्फोरसको मात्रा बढी देखिएको छ भने वडा ३ मा यो कम देखिएको छ । डीएपी मलको अत्यधिक प्रयोगले फोस्फोरसको मात्रा बढी देखिएको हो । त्यस्तै पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटोविज्ञ यावदले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?