कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'कल डिपोजिट'मा १० प्रतिशतको सीमा   

यज्ञ बञ्जाडे

काठमाडौँ — बैंकहरुले कुल निक्षेपको १० प्रतिशतभन्दा बढी कल डिपोजिट राख्न नपाइने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र गरी उक्त निर्देशन दिएको हो । कल डिपोजिटमा १० प्रतिशतको सीमा लगाउने व्यवस्था करिब २ महिनापछि कार्यान्वयनमा आएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले वाणिज्य बैंकमा कल निक्षेपको सीमा १० प्रतिशत कायम गर्ने घोषणा गरेको थियो । 

'कल डिपोजिट'मा १० प्रतिशतको सीमा   

सुरुमा ०७६ असारभित्र बैंकहरूले कल डिपोजिटलाई १० प्रतिशतमा झार्नुपर्ने व्यवस्था घोषणा गरिएको थियो । अहिले त्यो सीमा बढाएर ०७७ असार पु्याइएकेा छ । नयाा व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले अबको करिब एक वर्ष भित्र कुल निक्षेपको बढीमा १० प्रतिशत झानु पर्नेछ ।


यस्तै, विकास बैंक र फाइनान्स कम्पनीले कुल निक्षेपको १५ प्रतिशत बढी कल डिपोजिट राख्न नपाउने भएका छन् । ती वित्तीय संस्थाले पनि ०७७ असारभित्र कल डिपोजिट निर्देशित सीमामा ल्याउनुपर्नेछ । 'कल डिपोजिट' मुद्दती, चल्ती र साधारण बचतजस्तै एक किसिमको निक्षेप खाता हो । यो खातामा कम समया अवधिका लागि निक्षेप राखिन्छ । छिनछिनमा धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ ।


तत्काल धेरै रकम बचत गर्नुपर्ने र रकम झिकिने टुंगो नहुने भएकाले यो खातामा जम्मा हुने बचतको प्रकृति अल्पकालको हुन्छ । व्यवसायी तथा ठूला व्यावसायिक घरानाहरूले यही खातामा बचत गर्ने गर्छन । अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा केहीले धेरै त कहिले कम ब्याज दिन्छन । यसकारण यो खाताको ब्याजदर प्रायः परिवर्तन भरहन्छ । यद्यपि, हाल बैंकले कल डिपोजिटमा साधारण बचतमा दिने ब्याजभन्दा बढी ब्याज दिन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।


गत चैतसम्मको तथ्यांकअनुसार २८ वटा वाणिज्य बैंकमध्ये १४ वटाको कल डिपोजिट १० प्रतिशतभन्दा बढी छ । तीमध्ये पनि एक-दुईवटाको कल डिपोजिट २५ प्रतिशतभन्दा धेरै छ ।


प्रकाशित : जेष्ठ ९, २०७६ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?