कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदेश ५ को नीति–कार्यक्रम : चालु वर्षकै कार्यक्रमलाई निरन्तरता

घनश्याम गौतम

रूपन्देही — प्रदेश योजना आयोगले तयार गरेको प्रदेशको ५ वर्षे आवधिक योजनालाई मुख्य आधार बनाएर फ्रदेश ५ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । त्यसमा धेरै चालु वर्षकै कार्यत्रमले निरन्तरता पाएका छन् । कृषिलाई पहिलो प्राथमिकता दिइएको छ ।

बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारका कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले तयार गरेको नीति कार्यक्रममा ७५ प्रतिशत गत वर्षकै निरन्तरता छन् ।


सरकारले गत वर्ष प्रदेश ५ का १०९ स्थानीय तहमध्ये गरिबीको रेखामुनि रहेका ३५ गाउँपालिकामा सुरु गरेको ‘मुख्यमन्क्री ग्रामीण विकास कार्यत्रम’ लाई आगामी वर्ष सबै गाउँपालिकामै पुर्‍याउने भएको छ । त्यस्तै प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा कार्यान्वयन भइरहेको ‘स्मार्ट कृषि गाउँ’ लाई प्रत्येक पालिकामा विस्तार गर्ने नीति लिएको छ ।


चालु वर्षका लागि सरकारले मुख्यमन्क्री ग्रामीण विकास कार्यत्रममा १७ करोड र स्मार्ट कृषि गाउँका लागि प्रतिनिर्वाचन क्षेत्र ५२ लाख रुपैयाँ उफलब्ध गराएर कार्यक्रम कार्यान्वयनमा लगेको छ । दुवै कार्यत्रम जनस्तरमा प्रभावकारी देखिएकाले क्षेत्र विस्तारसहित प्राथमिकतामा राखेको प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए ।


‘महत्त्व र प्रभावकारिता हेरेर विस्तार गरिएको छ,’ उनले भने, ‘नीति कार्यक्रम ९९ प्रतिशत आवधिक योजनामा आधारित नै छ ।’ सरकारको नीति कार्यक्रमले प्रदेशका हरेक क्षेत्रमा उद्योग विस्तार, लगानी प्रवर्द्धन, कृषिको आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।


तीन वर्षमा प्रत्येक स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने उद्देश्यसहित आगामी वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा एक औद्योगिकग्राम स्थापना हुनेछन् । त्यसका लागि ठूला उद्योगसम्म पुग्ने सडक निर्माण एवं मर्मतलाई सरकारले प्राथमिकता दिएको छ ।


३ वर्षभित्र प्रदेशका सबै घरमा खानेपानीका धारा र सबै घरमा सौर्य बिजुली पनि सरकारको प्राथमिकतामा छ । कृषिकर्मी रोजगार कार्यक्रम, माछा महोत्सव, एक वडा एक पार्क, ५ वर्षमा ३ सय मेगावाट सौर्य ऊर्जा उत्पादनलगायतका कार्यक्रम नयाँ छन् ।


कृषिकर्मी रोजगार कार्यत्रमले कृषि भूमिको अधिकतम प्रयोग गरी स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने लक्ष्य छ । त्यस्तै पहाडी जिल्लामा ट्राउट र असला माछा उत्पादन वृद्धि गर्न प्रदेशका ३ स्थानमा माछा महोत्सव गर्ने, किसानको सहयोग र सहकार्यका लागि सहकारी विकास कोषको स्थापना गर्ने काम हुनेछन् ।


‘गरौं व्यावसायिक कृषि, यसैबाट सुरु हुन्छ प्रदेशको समृद्धि’ र फलफूल खाऔं, स्वस्थ्य रहौं’ जस्ता नारासमेत सरकारले अघि सारेको छ । स्वास्थ्य क्षेत्रमा ब्रोनकाइटिस र दमजन्य बिरामीको उपचारका लागि अस्पतालमै प्रतिबिरामी ५० हजार रुपैयाँको उपचार गराउने नीति छ ।


पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय स्थलको रोस्टर तयार गरी गुरुयोजना बनाउने, बाँकेमा मानसरोवरको आकृतिसहितको बहुउद्देश्यीय पार्क निर्माण, रुकुम पूर्वका तातोपानीका मुहान संरक्षण गर्ने, लुम्बिनी भ्रमण वर्ष सफल पार्न विशेष कार्यक्रम सञ्चालन, बुद्ध सर्किटमा तीव्रताका साथ भौतिक तथा अन्य पूर्वाधार निर्माण गर्ने, पदमार्ग बनाउने र पर्यटन गाइड तयार गर्ने कार्यक्रम पनि सरकारले राखेको छ ।


प्रदेश विश्वविद्यालय र प्राविधिक शिक्षालय स्थापना गरी उच्च शिक्षालाई अनुसन्धानमूलक र व्यावहारिक बनाउने उल्लेख छ । प्रदेशको विकासका लागि लगानी सम्मेलन, योजना कार्यान्वयन गर्न परियोजना बैंक, सञ्चय तथा लगानी कोष स्थापनाका लागि सम्भाव्यता अध्ययन, प्रादेशिक गौरवका १० आयोजना छनोट गरी तिनको तीव्र विकास, नौमुरे बहुउद्देश्यीय परियोजनालाई प्रदेशको गौरवको आयोजना बनाउने, खानेपानी र विद्युत्को संकल्प कार्ययोजना पनि सरकारले अघि सारेको छ ।


प्रदेशसभाका सदस्य एवं नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले सरकारको नीति कार्यक्रम नयाँपनबिना सामान्य रूपले आएको बताए । ‘जनताको मन छुने र जीवनस्तर उकास्ने त्यस्तो केही छैन,’ उनले भने, ‘कृषिलाई जोड दिएको छ तर त्यसको फाइदा पहुँचवालाले मात्र लिन सक्ने खालको छ ।’ ५ वर्षमा ३ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने जस्ता धेरै योजना महत्त्वाकांक्षी भएको उनले बताए ।


रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले सरकारले समग्र क्षेक्र समेटेर नीति तथा कार्यत्रम ल्याए पनि अलि बढी महत्त्वाकांक्षी देखिएको बताए । एक निर्वाचन क्षेत्र एक उद्योगग्राम नीति राम्रो भए पनि कार्यान्वयनमा समस्या हुने उनले बताए । ‘उत्पादनमूलक उद्योगको प्रवर्द्धन र रुग्ण उद्योगका लागि सहयोगी कुनै कार्यक्रम छैन,’ उनले भने, ‘तर पनि समग्रमा राम्रो छ, कार्यान्वयन कस्तो हुन्छ ।’ नीतिअनुसार कार्यान्वयन भए आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।


सरकारले प्रदेश चलचित्र बोर्ड, प्रदेश सूचना तथा सञ्चार प्रतिष्ठान, प्रदेश अनुसन्धान ब्युरो, प्रदेश लोकसेवा आयोग गठनलाई पनि प्राथमिकतामा राखेको छ । त्यस्तै सरकारले प्रदेशलाई ३ वर्षमा डिजिटल प्रदेशमा रूपान्तरण गर्ने नीति लिएको छ ।


बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले नीति कार्यक्रममा भनेजस्तै निजी क्षेक्रको सहकार्यतामा कार्यत्रम अघि बढाए कार्यान्वयन सम्भव भएको बताए । ‘तर भन्ने एउटा गर्ने अर्कै हुने गरेको छ,’ उनले भने, ‘त्यसैले अहिले नै राम्रो भन्न सकिने अवस्था छैन ।’ तर हरेक स्थानीय तहमा उद्योगग्राम सञ्चालन भए प्रदेशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना हुने उनले बताए ।


के छ ?

  • ब्रोनकाइटिस र दमजन्य रोगीको उपचारका लागि ५० हजारको औषधि निःशुल्क
  • एक स्थानीय तह, एक उद्योगग्राम स्थापना
  • ५ वर्षमा ३ सय मेगावाट सौर्य ऊर्जा उत्पादन
  • कृषिकर्मी रोजगार कार्यक्रम
  • माछा महोत्सव, एक वडा एक पार्क

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?