कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर 'रोड सो' कावासोतीमा, एउटै बजारमा साढे ४ सय ग्राहक थपिए 

नारायण शर्मा

नवलपरासी — कान्तिपुर पब्लिकेसन्सको 'रोड सो' टोली शुक्रबार कावासोती आइपुगेको छ । अभियानका क्रममा पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीका विभिन्न भागमा घरदैलो गरी ग्राहक बनाउनुका साथै 'स्किम'का बारेमा जानकारी गराएको टिमका प्रमुख शंकर न्यौपानले बताए । उनका अनुसार पत्रिकाका ग्राहकहरु उल्लेख बढेको छ ।

कान्तिपुर 'रोड सो' कावासोतीमा, एउटै बजारमा साढे ४ सय ग्राहक थपिए 

टोलीले नगरका पाठक, बिक्रेतासँग अन्तरक्रिया गर्दै सुझावहरु संकलन गरेको छ ।


पाठकले नयाँ पुस्ताका लागि पछिल्ला प्रविधिका विकास र सामाजिक सञ्जालका नयाँ खुराक र जानकारीका बारेमा कान्तिपुरले नियमित समाचार दिनुपर्ने सुझाव दिएको उनले बताए । कावासोतीको एउटै बजारमा बिहीबार र शुक्रबार गरिएको रोड सोमा ४ सय ५० कान्तिपुरका ग्राहक थपिएका छन् । शुक्रबार पुरानो कावासोतीमा आयोजित प्रथम नवलपुर एजुकेशन फेयरमा कान्तिपुर पब्लिकेसन्सले नयाँ ग्राहक बनाउन र ग्राहकका चासोका बारेमा जानकारी लिन/दिन कान्तिपुरको स्टल पनि राखेको छ । स्थानीय एफएमले आयोजना गरेको एजुकेशन फेयरमा २४ वटा स्टल रहेका छन् ।



प्रकाशित : जेष्ठ १७, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?