कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

हाट बजारमा ४१ देशका प्रतिनिधि

सरोजकुमारी चौधरी

काठमाडौँ — कल्पना गर्नुस्, तपाईं एउटा हाट बजारमा उभिनुभएको छ जहाँ विश्व बजारका अनेक सामान किन्न वा संसारका धेरै ग्राहकलाई आफ्नो सामान बेच्न सक्नुहुन्छ । त्यहाँ तपाईं के किन्नुहोला ? वा के बेच्नुहोला ? 

बिहीबार सोल्टी होटलमा लाग्ने यो हाट बजारको आयोजक हो पर्यटन बोर्ड र यसका क्रेता–विक्रेता हुन् विभिन्न देश र अनेक कम्पनीबाट मानिसहरू आएका छन् । पर्यटन प्रवर्द्धन गर्न नेपालमा तेस्रो पटक हुन लागेको यो हाट बजारको खास नाम हो हिमालयन मार्ट ।


जेठ २३ देखि २६ सम्म लाग्ने यो हाट मेलाले नेपाललाई हिमाली प्रवेशद्वारको रूपमा परिचित गराउने गराउने आशा आयोजक संस्थामध्येको एक पर्यटन बोर्डले राखेको छ । बोर्डका अनुसार यो हिमाली हाट बजार नेपालको थप चिनारी बनेर विश्व पर्यटन बजारमा चिनिदै जान थालेको छ ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालाय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन र पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाहरूले मिलेर हाट मेला खोल्न लागेका हुन् ।


यस वर्ष मेलको विषय ‘स्पिरिट अफ द हिमालय’ अर्थात् हिमालको आत्मा रहेको छ । मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरू र नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्यान्ड गरी ६ देशका ५४ विक्रेता कम्पनी सहभागी हुँदै छन् । यो हिमाली हाट बजारको रमाइलो प्रचारप्रसार गर्न ३८ अन्तर्राष्ट्रिय ट्रावल ब्लगर्स तथा सञ्चारकर्मी पनि सहभागी हुने आयोजक पर्यटन बोर्डले जनाएको छ ।


बोर्डका अनुसार ४१ देशका करिब ७०० सहभागी रहेको यस मार्टको आयोजनाका लागि निजी क्षेत्रको सहयोग रहने र ती सहयोग मार्फत करिब ७५ प्रतिशत खर्च यी क्षेत्रले नै बेहोर्नेछन् । सरकारले हरेक वर्ष पर्यटन बोर्डलाई दिने २ करोड हाट बजारको व्यवस्थापनमा खर्च हुने भएको छ । जम्मा ६ करोड लाग्ने हाट बजारको बाँकी खर्च निजी क्षेत्रले बेहोर्ने भएका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?