इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

काठमाडौँ — आयल निगमले इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीमा घटेकाले सोहीअनुसार यहाँ समायोजन गरिएको हो ।

इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

‘आइओसीले जुन १६ मा पठाएको मूल्यसूचीअनुसार विगतको तुलनामा केही घटेको छ । पेट्रोलियम प्रदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१’ अनुसार समायोजन गर्दा पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाएका छौं,’ प्रवक्ता गोइतले भने, ‘नयाँ मूल्यसूची आइतबार राति १२ बजेदेखि लागू हुनेछ ।’


मूल्य समायोजनपश्चात् पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९६.५०/९६.५० रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


निगमको विज्ञप्ति


प्रकाशित : असार १, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?