कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

दोलखा — अति नै कठिन ठानिएको कार्य सात घण्टा १५ मिनेटको प्रयासमा सफल भएपछि दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा आइतबार राति खुसी छायो । पटकपटक असफल भएको २७ टनको पाइपलाई क्रेनले तोकिएको ठाउँमा गएराति १० बजे राखेपछि आयोजनाभित्र खुसी फैलिएको हो ।

माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

करिब चार वर्षदेखि प्रयासरत ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यको सफल सुरुवातीले ४५६ मेगावाटको उक्त आयोजनाको बाँकी दुई प्रतिशत कार्य पछिल्लो पटक निर्धारित समयमा सकिने आशा बलियो बनेको छ ।


उक्त कार्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर तामाकोसी हाइड्रो पावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ आफै लामावरस्थित आयोजनाको सुरुङभित्र खटेका थिए । आयोजनाका कार्यकारी अधिकृत विज्ञान श्रेष्ठ र प्रमुख दिनेशजंग राणासहितको विज्ञ प्राविधिकहरू दिउँसो २ः४५ देखि राति १० बजेसम्म खटेका थिए । उक्त कार्यको सुरुवातपछि थप ७३ वटा पेनस्टक राख्ने कार्य सजिलै अघि बढ्ने आयोजनाको भनाई छ ।


आयोजनाको मुख्य सकसपूर्ण तीन सय ७३ मिटर तल्लो र तीन सय १० मिटर माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइपको जडानको कार्य हुन सकेको थिएन । २०७२ सालको भूकम्प अगाडि नै पाइप राख्न मिल्ने गरी सुरुङ खनिएपनि विभिन्न कारणले उक्त काम सम्पन्न हुन सकेको थिएन ।


आयोजनाका प्रवक्ता गणेश न्यौपानेले तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाइका तीन दशमलव ६ मिटर व्यासका सबै स्टिल पाइपहरू सुरुका दिनहरूमा लामोसाँघु जिरी सडक खण्डको स्तरवृत्ति कार्यले ढुवानी हुन बाधा पुगेको थियो ।

प्रकाशित : असार २, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?