रमिताले जितिन् १० लाख 

काठमाडौँ — कान्तिपुरको ‘करोडपति सिजन–३’ अन्तर्गत चन्द्रागिरी नगरपालिका ४ स्थित थानकोटकी रमिता कर्मचार्य श्रेष्ठले नगद १० लाख जित्न सफल भएकी छन् । कस्मेटिक पसल गर्दै आएकी उनले वार्षिक ग्राहक योजना अन्तर्गत मासिक दोस्रो लक्की ड्रबाट उक्त रकम जित्न सफल भएकी हुन् । श्रेष्ठलाई कान्तिपुर मिडिया ग्रुपका बिजनेश डाइरेक्टर रजनिश रेकीले बिहीबार नगद १० लाखको चेक प्रदान गरेका हुन् । 

रमिताले जितिन् १० लाख 

‘लक्की ड्रबाट १० लाख जित्न सफल भएँ,’ उनले खुसी हुँदै भनिन,‘ यो पैसा छोराको शिक्षामा खर्च गर्ने छु ।’ पहिलादेखि नै पत्रिका पढ्दै आएपनि स्किमको नयाँ सिजन सुरु भएपछि ग्राहक बनेको उनले बताइन । यसअघि पहिलो लक्की ड्रबाट मीन भवनस्थित शुभकार्य बचत तथा ऋण सहकारी संस्थाले नगद १० लाख जित्न सफल भएको थियो ।


त्यस्तै बिहीबार नै साप्ताहिक लक्की ड्रको १ लाख नगद विजेता घोषणा गरिएको छ । लक्की ड्रबाट हिमारव ओभरसिजले १ लाख नगद हात पारेको हो । ओभरसिजका अध्यक्ष कमल तामाङलाई कान्तिपुर पब्लिकेशन्सका मानव संसाधन विभाग प्रमुख पुष्पराज गिरीले १ लाखको चेक हस्तान्तरण गरेका हुन् । ‘करोडपति सिजन–३’ गत चैत १४ गतेबाट सुरु भएको हो ।


यो योजनामा कान्तिपुर र द काठमाडौँ पोस्टका वार्षिक ग्राहकले सहभागिता जनाउन पाउने छन् । लक्की ड्र मार्फत एक जना ग्राहकले बम्पर उपहारको रूपमा एक करोड नगद जित्ने छन् । एक जना ग्राहकले लक्की ड्रबाट मासिक १० लाख र साप्ताहिक लक्की ड्रबाट १ लाख नगद पाउने छन् ।


ग्राहक बन्दा स्क्र्याच कार्ड मार्फत २ सयदेखि २ हजार ५ सम्मको नगद छुट पाइने छ । ल्यापटप, एलईडी टिभी, स्मार्ट फोन, वायरलेस हेड फोन, स्मार्ट वाच ग्राहक बन्नेले पाउने छन् । यस अघि वार्षिक ग्राहक बनेका २ जना लक्की ड्र मार्फत करोडपति बनिसकेका छन् ।

प्रकाशित : असार ५, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?