कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अलैंचीको व्यवसायीकरण हुन सकेन

काठमाडौँ — नेपालमा अलैंचीको उत्पादन राम्रो भए पनि व्यावसायीकरण हुन नसकेको विज्ञले बताएका छन् । 
बुधार राजधानीमा आयोजित आयोजित एक कार्यक्रममा विज्ञले उत्पादनमा जस्तै बजार प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका हुन् ।

अलैंचीको व्यवसायीकरण हुन सकेन

‘नेपाल अलैंची उत्पादनको क्षेत्रमा विश्वमै अग्रणी स्थानमा छ । उत्पादनको अनुपातमा यसको व्यवसायीकरण हुन सकेको छैन,’ राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका कार्यक्रम अधिकृत अर्जुन थापाले भने । हाल परम्परागत शैलीमै उत्पादन भइरहेको, कुन जातको कस्तो माटोमा रोप्ने, कति रोप्ने भनी अध्ययन हुन नसकेको उनले बताए ।


‘प्रविधिको प्रयोग गरेर आधुनिक ढंगबाट यसको उत्पादनमा लाग्ने हो भने नेपालले यस क्षेत्रबाट प्रशस्त लाभ लिन सक्छ,’ उनले भने, ‘अलैंचीमा रोग लाग्ने समस्याले पनि यसको उत्पादनमा प्रभाव पारेको छ, उत्पादनका सम्बन्धमा अनुसन्धान हुनु पनि आवश्यक देखिएको छ ।’


नेपाल, भुटान र भारतमा उत्पादित अलैंचीले विश्व बजारमा राम्रो मूल्य पाइरहेका र यी मुलुकहरूले आपसी समन्वय गरेर उत्पादनमा लागे किसानहरू थप लाभान्वित हुने पनि छलफलमा बताइएको थियो । दक्षिण एसियाली मुलुकमा अलैंची खेतीको विकास र सम्भाव्यताबारे विश्व बैंकको आयोजनामा छलफल भएको हो ।


कार्यक्रममा दक्षिण एसियाली मुलुकका लगानीकर्ताले अलैंचीको बजारीकरणमा विशेष गरी महिला उद्यमीको भूमिकाबारे छलफल गरेका थिए । अलैंची खेतीबाट नेपालको ताप्लेजुङ जिल्लाका महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएको प्रस्तुति कार्यक्रममा गरिएको थियो ।


प्रकाशित : असार २६, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?