उद्योग नवीकरण गर्न समय थप

मकवानपुर — प्रदेश ३ सरकारले निजी उद्योग तथा फर्महरूको नवीकरणको समयसीमा थपेको छ । संघीय सरकार मातहतबाट प्रदेश सरकारअन्तर्गत आएका विभिन्न उद्योग, व्यवसाय तथा व्यापारिक फार्महरूको नवीकरण गर्ने समयसीमा बढाइएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले असार मसान्तभित्र उद्योग तथा निजी फार्महरू नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि असोज मसान्तसम्म समय थप गरेको छ ।


मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा प्रदेश उद्योग व्यवसाय सञ्चालनसम्बन्धी विधेयक दफाबार छलफलको अवस्थामा रहेकाले अन्तरिम निर्णय गर्दै असोजसम्मका लागि उद्योग दर्ता गर्ने समय तोकिदिएको जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?