कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भीसीटीएस प्रणालीमा जान सक्दैनौं’

विराटनगर — वेबमा आधारित ढुवानी प्रणाली लागू गर्न नसक्ने भन्दै व्यवसायीहरूले साउन १ गतेबाट ढुवानी कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारले जेठ १५ गतेदेखि सबै ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता हुन र साउन १ देखि वेबमा आधारित भीसीटीएस प्रणाली सुरु गर्ने निर्णय गरेको छ ।

यो नियम लागू भएपछि ढुवानी व्यवसायीहरूले जहाँबाट मालसामान लोड गरेको हो त्यहीँबाट चालकको तीनपुस्ते, सामानको विवरण, गाडी नम्बर, लोड गरेको स्थान, अनलोड गर्ने स्थानलगायत विवरण राखेर लक गर्नुपर्नेछ । त्यसका लागि आन्तरिक राजस्व विभागले कोड नम्बर उपलब्ध गराएको हुन्छ ।


लोड गरेको सामान सम्बन्धित व्यक्तिबाट संस्थाले बुझें भनेर लक खोलिदिनुपर्ने हुन्छ । यसो गर्दा देशभर नै कुन मालवाहक गाडीले के–के सामान कहाँबाट कहाँसम्म लगिरहेका छन् भन्ने कुरा विभागले अनुगमन गर्न सक्छ ।


ढुवानीकर्ताले भ्याट बिलसमेत काट्नुपर्ने नियम छ । यस्तो नियम चाहिँ पालना गर्न नसक्ने ट्रान्सपोर्ट व्यवसायीहरूको जिकिर छ । ‘हामी न सामान किन्ने पक्ष हौं न त बेच्ने अनि हामीले किन भ्याट बिल काट्नुपर्‍यो,’ विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेधराज सिग्देलले भने ।


प्रकाशित : असार २८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?