राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको घुइँचो 

एलपी देवकोटा

जुम्ला — असार मसान्त लागेसँगै जुम्ला खलंगा बजारमा रहको राष्ट्रिय वाणिज्य बैंकमा एक सातादेखि सेवाग्राहीको घुइँचो लागेको छ । जिल्लाका सबै स्थानीय तहको केन्द्रमा प्राइभेट बैंकहरु भए पनि सेवाग्राहीहरु बैंकिङ्ग सेवा लिन खलंगा धाउने गरेका छन् ।

खलंगामा रहेका आधा दर्जन भन्दा बढी प्राइभेट बैंकहरु भने सुनसान छन् । राष्ट्रिय वाणिज्य बैंकमा सरकारी कारोबारहरु धेरै हुने भएकाले भिडभाड बढेको बैङ्कले जनाएको छ । असार मसान्त लागेपछि विकासे योजनाका भुक्तानी लिन उपभोक्ता समिति, शिक्षा सेवा आयोगको लाइसेन्स परीक्षाको शुल्क बुझाउने विद्यार्थी, जुम्ला बहुमुखी क्याप्सको शुल्क बुझाउने विद्यार्थी र अन्य व्यवसायीहरु बैंकिङ्ग कारोबारका लागि राष्ट्रिय वाणिज्य बैङ्कमा लाइनमा छन् ।

एकै सेवाग्राहीले सेवा लिनका लागि तीनदेखि ४ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । एक सातायता बैङ्कमा दैनिक पाँच सय देखि ८ सयसम्म सेवाग्राहीले सेवा लिने गरेका छन् । सेवाग्राहीको भिड बढेर बैंकभित्र छिर्न सक्ने अवस्था नै छैन । जिल्लामा प्राइभेट बैंकहरु भए पनि सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैङ्कमा हुने भएकाले भिड बढेको हो ।

कर्मचारीहरू बिहानैदेखि राति ९ बजेसम्म काममा खटिदा पनि सेवाग्राहीहरुले छिटो छरितो सेवा भने पाउन सकेका छैनन् । जिल्लामा विद्युतको समस्या, तीव्र गतिको इन्टरनेट नहुँदा कर्मचारी र सेवाग्राहीहरु हैरानमा परेका छन् ।

प्रकाशित : असार ३०, २०७६ १५:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनसुन अझै सक्रिय : भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बुधबारबाट न्यून चापीय क्षेत्र (लो प्रेसर) बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गंगा नगरकोटीले बताइन्। 'आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ,' मौसमविद् नगरकोटीले भनिन्। आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरिएको हो। यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानुमान महमशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ। त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डाटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ।

त्यस्तै वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको सरोवर भरिएर २५.४÷३० मिटर पुगेकाले बाँध खोलेर नियन्त्रित निकास गुर्नपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित : असार ३०, २०७६ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT