२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बाढीबाट प्रदेश १ मा मात्रै साढे ८१ करोडको क्षति

राजु चौधरी

काठमाडौँ — वर्षाका कारण प्रदेश १ मा कृषि तथा पशुपन्छीतर्फ साढे ८१ करोड रुपैयाँको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पशुपन्छी तर्फ २५ लाख ८० हजार र बालीतर्फ ८१ करोड २८ लाख  ९२ हजार रुपैयाँको क्षति भएको हो । 

बाढीबाट प्रदेश १ मा मात्रै साढे ८१ करोडको क्षति

‘मकै, तरकारी,चैते धान, वर्षे धान र अलैंची गरी करिब ८१ करोड २८ लाख ९२ हजार र कुखुराका चल्ला, कुखुरा, गाई,बंगुर गरेर २५ लाख ८० हजार क्षति भएको छ,’ मन्त्रालयले तयार पारेको विवरणमा भनिएको छ । मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ मा २४ हजार ४६ घरधुरी प्रभावित भए ।


वर्षाले सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । प्रदेश २, ३ र ५ को विवरण संकलन भइ नसकेको मन्त्रात्रलयले जनाएको छ । प्रदेश ४ मा वर्षातका कारण क्षति भएको विवरण प्राप्त नभएको तर अन्य हावाहुरी र असिनाका कारण क्षति भएको विवरणमा उल्लेख छ । विवरण अनुसार प्रदेश ६ र ७ मा भने वर्षाले कृषि र पशुपन्छीतर्फ क्षति भएको छैन ।

प्रकाशित : असार ३०, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?