मुगुमा ६ करोड बजेट फ्रिज 

कान्तिपुर संवाददाता

मुग — जिल्लामा गत चालु आर्थिक वर्षमा संघ र प्रदेश गरी ६ करोड ९२ लाख २ हजार पुँजीगत बजेट फ्रिज गएको छ ।

संघ प्रदेशको कुल बजेट ३१ करोड ६८ लाख ५ हजारमध्ये २४ करोड ७६ लाख २ हजार खर्च भएका र ६ करोड ९२ लाख २ हजार पुँजीगत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक नन्दारा कँडेलले बताए ।

अघिल्लो वर्ष ८९ प्रतिशत बजेट खर्च भएको थियो । गत वर्ष ७८ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रक कँडेलले बताए ।

प्रकाशित : श्रावण २, २०७६ १७:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बस पल्टँदा २ को मृत्यु, १९ घाइते

कान्तिपुर संवाददाता

विराटनगर — मोरङको पथरीशनिश्चरे नगरपालिका १० मा बस पल्टँदा २ जनाको मृत्यु भएको छ । झापातर्फ गइरहेको को १ ख ४८४२ नम्बर बस विपरीत दिशाबाट आइरहेको मे १ च ५३९१ नम्बर पिकअप भ्यानसँग ठोक्किएर पल्टेको थियो ।

प्रहरीका अनुसार बसका यात्रु पहिचान नखुलेका एकजनाको घटनास्थलमै मृत्यु भएको थियो । बसका सहचालक टीकाराम थापाको उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका १९ जना यात्रु घाइते भएका छन् । उनीहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण २, २०७६ १७:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT