लेलेमा खुल्यो कृषि उपज संकलन केन्द्र

काठमाडौँ — ललितपुर गोदावरी नगरपालिका–५ स्थित लेलेमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको उद्देश्य स्थानीय कृषकहरुको क्षमता अभिवृद्धि र आयआर्जनमा सहयोग पुर्याउने रहेको छ । 

लेलेमा खुल्यो कृषि उपज संकलन केन्द्र

नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र जापान–नेपाल सोसाइटी टोकियोको सहयोगमा निर्मित संकलन केन्द्रको जापानी राजदूत मासामिचि साइगो, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, जाइका नेपालका युमिको आसाकुमा र जान अध्यक्ष रामचन्द्र भुसालले संयुक्त रुपमा शनिबार उद्घाटन गरेका हुन् ।


कृषि विज्ञ समेत रहेका राजदूत साइगोले संकलन केन्द्र निर्माणले आसपासको क्षेत्रका तरकारी उत्पादनमा सहयोग पुग्ने बताए । नगरप्रमुख महर्जनले संकलन केन्द्रले लेले क्षेत्रको कृषि विकासमा टेवा पुग्ने जनाए ।


जानका अध्यक्ष भुसालले कृषकहरुलाई अब आफ्नो बारीमा के फल्छ भन्दा पनि बजारमा के बिक्छ भनी उत्पादन योजना बनाएर तरकारी उत्पादन गर्न अनुरोध गरे । संकलन केन्द्रको उद्घाटनअघि जानका सदस्य, जापानी प्रतिनिधिहरुले स्थानीय कृषकको तरकारी उत्पादन क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।

प्रकाशित : श्रावण ५, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?