मोबाइल बैंकिङ प्रयोग गर्ने ७० लाख पुगे

काठमाडौँ — नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ७० लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । यो चैत मसान्तसम्मको तथ्यांक हो । नेपालभर कूल ३ हजार १ सय ८८ एटीएम मेसिन रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

मोबाइल बैंकिङ प्रयोग गर्ने ७० लाख पुगे

यस्तै, इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ८ लाख ९३ हजार रहेको तथ्यांक छ ।


नेपालमा ८१ हजारले डेबिट कार्ड र १ लाख १२ हजारले क्रेडिट कार्ड प्रयोग गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।


गभर्नर चिरञ्जिवी नेपालले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने गरी नीति बनाउने घोषणा गरिएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?