१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भूकम्पपछि सवा चार लाख घर 

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पमा भत्किएकामध्ये सवा चार लाख निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । हालसम्म ४ लाख २४ हजार ९ सय ७७ घर बनेको प्राधिकरणले जनाएको छ ।

भूकम्पपछि सवा चार लाख घर 

२ लाख १४ हजार ३ सय घर भने निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । भूकम्पमा भत्किएका मध्ये ८३ प्रतिशत घरहरू सम्पन्न भइसकेका वा निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । भूकम्पमा भत्किएको निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले प्रतिपरिवार ३ लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराइरहेको छ । अनुदानका लागि कुल ७ लाख ७३ हजार ४ सय ४७ घरधनीले सम्झौता गरेको प्राधिकरणले जनाएको छ ।


यही वर्षभित्र निजी आवास पुनर्निर्माण सक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले अनुदान सम्झौता गरेका अधिकांशले पहिलो किस्ताबापतको रकम बुझिसकेको जनाएको छ । अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजारले पहिलो किस्ताबापत १ लाख रुपैयाँ अनुदान लिइसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार पुगेको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै निजी आवास पुनर्निर्माण सिन्धुपाल्चोकमा भएको प्राधिकरणले जनाएको छ । सिन्धुपाल्चोकमा मात्रै ६७ हजार ८ सयभन्दा बढीले निजी आवास पुनर्निर्माण गरिसकेका छन् । नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएको प्राधिकरणको तथ्यांक छ । धादिङमा ४८ हजार, दोलखामा ४४ हजार र गोरखामा ४४ हजार पुनर्निर्माण भइसकेका छन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?