१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल बढ्यो

राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाउने निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले बताए । गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसा बढेको छ । 

खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल बढ्यो

‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार समायोजन गर्दा ग्यासको मूल्य घटे पनि पेट्रोल, डिजेलमा बढेको छ,’ प्रवक्ता गोइतले भने । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ पर्ने निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।


आइओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गरेपछि अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य समायोजन गर्नुपर्छ । तर, पूर्ण रुपमा कार्यान्वयन भएको छैन ।


प्रकाशित : श्रावण २१, २०७६ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?