३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भदौमा केयु रोजगार मेला 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेण्ट (कुसम) ले भदौ ३ मा आठौं रोजगार मेला आयोजना गर्ने भएको छ । आफ्ना विद्यार्थीहरुलाई रोजागारीमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको कुसमले जानकारी दिएको छ । मेला विश्वविद्यालय परिसरमै हुनेछ । 

मेलामा विभिन्न कम्पनी तथा संघसंस्थाको सहभागिता छ । ती कम्पनीले आफुलाई आवश्यक जनशक्तिलाई मेलाबाट बुकिङ गर्न सक्ने छन । मेलामा मुख्य रुपमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, ओयो, सिप्रदी, युनिलिभर, विड म्यानेजमेन्ट, गोर्खा बुर्अरी, पञ्चकन्या, सामसुङलगायत विभिन्न कम्पनीको सहभागिता रहने छ । मेलाबाट कम्पनीले र दक्ष दक्ष जनशक्तिलाई एकै स्थानमा सहभागी गराउने भएकाले दुबै पक्षलाई फाइदा पुग्ने बताइएको छ ।


कुसमबाट बीबीएमा वार्षिक २ सय ४० र एमबीएमा वार्षिक ८० जना विद्यार्थीले अध्ययन पूरा गरी रोजगार बजारमा आउने गरेका छन् ।


प्रकाशित : श्रावण २२, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?