कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीपछि सुबिसुको ९० प्रतिशत सेवा सुचारु

कान्तिपुर संवाददाता

काठमाडौँ — गत बुधबार सुबिसु केवलनेट प्रालीको बालुवाटारमा रहेको डाटा सेन्टरमा भएको भिषण आगलागी पछि अवरुद्ध सेवा लगभग ९० प्रतिशत सुचारु भैसकेको कम्पनीले जानकारी दिएको छ । 

आगलागीपछि सुबिसुको ९० प्रतिशत सेवा सुचारु

बुधबार दिउँसो जेनेरेटरका लागि स्टोर गरेर राखिएको पेट्रोलबाट अचानक आगलागी सुरु भएको थियो । आगलागीका कारण डाटा सेन्टरमा ठूलो भौतिक क्षति भएपनि २०७२ सालको महाभूकम्पपछि ‘डिजास्टर रकभरी सेन्टर’ पनि संचालन गरेकोले महत्वपूर्ण सेवाहरु आगलागी भएको केही बेरमा नै सुचारु गर्न सकिएको कम्पनीले बताएको छ ।


हाल बालुवाटारको डाटा सेन्टरबाट सुविधा प्राप्त गरिरहेका केही ग्राहकहरुको सेवा सुचारु गर्ने प्रयास भइरहेको र त्यसका लागि अझै केही दिन लाग्ने कम्पनीले बताएको छ ।


प्रकाशित : श्रावण २४, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?