२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साताको सेयर : २ अर्ब २८ करोडको कारोवार

रासस

काठमाडौँ — धितोपत्र बजारमा यस साता कुल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता सेयर २ अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर सेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।

साताको सेयर : २ अर्ब २८ करोडको कारोवार

पूँजीगत लाभकर लगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कुल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता सेयर ४७ करोड ४१ लाख ५१ हजार ७२९ मूल्यमा खरिद बिक्री भए ।


बिहीबारको तुलनामा कारोबार रकम समेत ओरालो लागेको हो । बिहीबार ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा खरिदबिक्री भएका थिए । यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो । स्टक एक्स्चेन्जका अनुसार कुल १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता सेयर ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भए ।


यस्तै मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करिब १० अङ्कले घट्यो । उक्त दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुग्यो । उक्त दिन कुल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता सेयर ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।


बुधबार नेप्से परिसूचकसामान्य अङ्कले वृद्धि भयो । परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कुल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता सेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए ।


बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुग्यो । कुल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता सेयर ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए ।

प्रकाशित : श्रावण २५, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?