कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नाडा अटो प्रदर्शनीमा ९५ ब्रान्ड सहभागी हुने

काठमाडौँ — भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा हुने नाडा अटो प्रदर्शनीको १४ औं संस्करणमा ९५ वटा ब्राण्डले सहभागिता जनाउँने भएका छन् । प्रदर्शनी बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यो वर्ष बढी ब्रान्डको सहभागिता हुने जानकारी दिएको हो ।

नाडा अटो प्रदर्शनीमा ९५ ब्रान्ड सहभागी हुने

आयोजकका अनुसार प्रदर्शनीमा चारपांग्रे तर्फ २३ र दुई पांग्रेतर्फ १९ वटा ब्रान्डले सहभागिता जनाउँदै छन् । प्रदर्शनीमा १२ वटा लुब्रिकेन्ट्स, टायरका ९ वटा ब्रान्ड, ब्याट्रीका ५ ब्रान्ड र ग्यारेज उपकरणसम्बन्धी अन्य १४ वटा ब्रान्डले सहभागिता जनाउनेछन् ।


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भु दाहालका अनुसार अघिल्लो वर्ष प्रदर्शनीमा ७१ वटा ब्रान्डको सहभागिता थियो । प्रदर्शनीको क्रममा अवलोकर्ताले सवारीका लागि बैंक तथा वित्तीय संस्थाबाट पाइने ऋण र यससम्बन्धी बिमाबारे पनि जानकारी हासिल गर्न सक्नेछन् । यस्ता जानकारी दिने गरी १३ वटा बैंक तथा वित्तीय संस्थाको स्टल रहने आयोजकले जनाएको छ ।


प्रदर्शनी संयोजक निराकार श्रेष्ठले यो वर्ष प्रदर्शनीस्थलको क्षेत्रफल बढाइएको जानकारी दिए । भृकुटीमण्डपमा हुने प्रदर्शनीमा साना ठूला गरी १६० स्टल रहने उनले बताए । प्रदर्शनीमा आयातकर्ता, डिलर, वितरक र उत्पादकहरूको सहभागिता रहनेछ । अवलोकनकर्ताले मेलाको क्रममा सवारीसम्बन्धी पूर्ण जानकारी र त्यसका मोडलहरू हेर्न पाउनेछन् ।


अवलोकनकर्ताको सुविधाका लागि यो वर्षको प्रदर्शनीमा दुई पांग्रे र चारपांग्रे सवारी, सवारीका पार्टपुर्जा, वित्तीय संस्थाका लागि छुट्टाछुट्टै क्षेत्र तोकिएको आयोजकले जनाएको छ । प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी अकासेपुल निर्माण गरिनेछ । यसले अवलोकनकर्ताको आवतजावतलाई सहज बनाउने आयोजकको विश्वास छ ।


छ दिने प्रदर्शनी ७५ हजार बढीले अवलोकन गर्ने आयोजकको विश्वास छ । प्रदर्शनी हेर्न टिकट काट्नेहरूमध्येबाट लक्की ड्रमार्फत जीपीएक्स जेन्टलमेन्ट २ सय सीसीको मोटरसाइकल जित्न सक्ने आयोजकले जानकारी दिए ।

प्रकाशित : भाद्र २, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?