कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन दिनपछि बढ्यो नेप्से 

काठमाडौँ — अघिल्ला तीन कारोबार दिनपछि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा ७.२३ अंकले बढेपछि समग्र नेप्से १ हजार २ सय २२.०६ विन्दुमा उक्लेको हो । यसअघि गत मंगलबार नेप्से ०.१३ अंकले सकारात्मक रहेको थियो । 

तीन दिनपछि बढ्यो नेप्से 

उक्त दिन १ हजार २ सय १४.९६ विन्दुबाट सुरु भएको नेप्से पहिलो घण्टासम्म घटेर १ हजार २ सय १०.८ विन्दुमा झरेको थियो । त्यसपछि बढ्न सुरु गरेको नेप्से बढेर १ हजार २ सय २९.५१ विन्दुसम्म पुग्यो । त्यो वृद्धिपनि धेरै समय टिकेन । त्यसपछि फेरि ओरालो लागेको बजार अन्त्यमा केही ०.६० प्रतिशतले बढेर बन्द भएको छ ।


उक्त दिन कारोबारमा आएकामध्ये निर्जीवन बिमा समूहको परिसूचकबाहेक बाँकी सबै समूहको परिसूचक बढेर बन्द हुँदा समग्र नेप्से सकारात्मक भएर बन्द भएको छ । यस दिन लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी १.४३ प्रतिशत बढेको छ ।


यसैगरी, विकास बैंक समूहको परिसूचक ०.८५ प्रतिशत, जीवन बिमाको ०.७८ प्रतिशत र बैंकिङको ०.६७ प्रतिशत बढ्यो । उक्त दिन निर्जीवन बिमा समूहको परिसूचक ०.६१ प्रतिशत घटेको नेप्सेको तथ्यांक छ ।

करिब ९ हजार तीन सय कारोबारबाट १ सय ७५ कम्पनीका १४ लाख ७७ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ३८ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १८ प्रतिशतले बढी हो । आइतबार करिब ३२ करोड ९५ लाख रुपैयाँ रकम बराबरको कारोबार भएको थियो ।


नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीहरुको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.६१ प्रतिशतले सकारात्मक रहेको नेप्सेको तथ्यांक छ ।

प्रकाशित : भाद्र २, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?