१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
अर्थ / वाणिज्य

Nepali Business & Economics News

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : बेलायत 

आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउन इच्छुक रहेको जानकारी दिएका हुन् ।

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : बेलायत 

ऐन बनेको ५ वर्षमा पनि बनेन उपभोक्ता अदालत

उपभोक्तालाई अन्याय पर्दा तत्काल सुनुवाइ गर्ने संयन्त्र नभएको भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ २३ मा सबै प्रदेशमा एक–एकवटा उपभोक्ता अदालत बनाउने घोषणा गरेका थिए । 

ऐन बनेको ५ वर्षमा पनि बनेन उपभोक्ता अदालत

बैंक नै नभएको साइपालमा राष्ट्र बैंकले थाल्यो अध्ययन

स्थानीय तह स्थापना भएको सात वर्ष बितिसक्दा पनि बैंक स्थापना नभएको साइपाल गाउँपालिकामा नेपाल राष्ट्र बैंकको टोली स्थलगत अवलोकनका लागि पुगेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बैंक नभएको एक मात्रै पालिका साइपालमा टोलीले बैंक स्थापनाको लागि अवस्था अध्ययन गरेको हो ।

बैंक नै नभएको साइपालमा राष्ट्र बैंकले थाल्यो अध्ययन

बैंकमा थुप्रियो ६ खर्ब ६१ अर्ब

कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार, घट्दो ब्याजदर, पर्याप्त तरलतालगायत कारण चालु वर्षको सुरुदेखि कर्जा माग बढ्ने अपेक्षा गरिए पनि अर्थतन्त्रको परिस्थिति सोचेअनुरूप नहुँदा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको हो । 

बैंकमा थुप्रियो ६ खर्ब ६१ अर्ब
चैत्र १४, २०८०

बीवाईडीले उत्पादन गर्‍याे ७० लाख विद्युतीय कार

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडी ७० लाख कार उत्पादन गर्ने पहिलो कम्पनी बनेको छ । बीवाईडीले चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित ‘डेन्जा एन७’ सार्वजनिक गर्दै बीवाईडी ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ । 

बीवाईडीले उत्पादन गर्‍याे ७० लाख विद्युतीय कार

पर्यटक वृद्धिका लागि कोरियामा निगमको उडान सुरु गर्न माग

कोरियाली पर्यटकलाई नेपालमा पदयात्रा तथा हिमाल आरोहण गराउने व्यवसायीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कोरियाली राजदूतलाई नेपाल वायुसेवा निगमको कोरिया उडान सुरु गराउन माग गरेका छन् ।

पर्यटक वृद्धिका लागि कोरियामा निगमको उडान सुरु गर्न माग

साइपालमा बैंक राख्न राष्ट्र बैंकको स्थलगत अवलोकन

स्थानीय तह स्थापना भएको सात वर्षसम्म पनि बैंक स्थापना नभएको साइपाल गाउँपालिकामा नेपाल राष्ट्र बैंकको टोली पुगेको छ । 

साइपालमा बैंक राख्न राष्ट्र बैंकको स्थलगत अवलोकन

बाढी प्रभावित आयोजनाले १० महिना पुग्दा पनि पाएनन् राहत

पूर्वका बाढी प्रभावित जलविद्युत् आयोजनाले १० महिना बित्दासमेत राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधबार संघीय संसद्को‌ अर्थ समितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

बाढी प्रभावित आयोजनाले १० महिना पुग्दा पनि पाएनन् राहत

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी

सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले (१०.८३ अंक) घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २ हजार ३०.८६ अंकमा ओर्लेको हो । मंगलबार नेप्से करिब १० अंकले बढे पनि त्यो वृद्धि बुधबारसम्म पनि टिकेन ।

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह छाएको छ ।

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

ग्यासमा फेरि दुईथरी सिलिन्डर र मूल्यको तयारी

खाना पकाउने ग्यासमा सर्वसाधारणको तुलनामा उद्योगी, होटल व्यवसायीलाई सस्तो मूल्य परेपछि नेपाल आयल निगमले दोहोरो मूल्य लागू गर्ने गृहकार्य थालेको छ । १४.२ किलोको ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य १९१० रुपैयाँ तोकिएको छ । ग्यासमा लाग्दै आएको भ्याट होटल, रेस्टुराँ, औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायीले फिर्ता पाउँछन् ।

ग्यासमा फेरि दुईथरी सिलिन्डर र मूल्यको तयारी

धितोपत्र बोर्डको अध्यक्ष चुन्न अर्थमन्त्रीको निर्देशन

पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको फागुन महिनासम्मको अर्थ मन्त्रालयको प्रगति समीक्षा बैठकमा अर्थमन्त्री पुनले अर्थसचिव कृष्णहरि पुष्करलाई बोर्डको नेतृत्व छिटो चुन्न भनेका हुन् । 

धितोपत्र बोर्डको अध्यक्ष चुन्न अर्थमन्त्रीको निर्देशन

महँगो ढुवानी लागतले प्रयोगमा आएन कार्गो रेलवे यार्ड

इन्डियन रेलवे कस्टम यार्डको तुलनामा नेपाल रेलवे कस्टम यार्डबाट औद्योगिक कच्चापदार्थ ढुवानी गर्दा लागत बढी पर्ने भन्दै सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले १० महिनाअगाडि उद्घाटन भएको विराटनगर भन्सारको आईसीपीसम्मको कार्गो रेलमार्ग प्रयोग गरेका छैनन् ।

महँगो ढुवानी लागतले प्रयोगमा आएन कार्गो रेलवे यार्ड

श्रीसँग नेपालमा सर्वाधिक वायुयान

श्री एयरलाइन्सले मंगलबार ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज थपेको छ । यससँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको छ । श्रीपछि नेपालमा बढी जहाज हुनेमा बुद्ध एयर छ । यससँग उडानमा १७ वटा एटीआर विमान छन् ।

श्रीसँग नेपालमा सर्वाधिक वायुयान

कर्णालीमा बाहिरकै खाद्यान्न र तरकारीको भर !

सुर्खेतको बराहताल गाउँपालिका–४ की कमला नेपालीले ७ रोपनी जग्गामा हरियो सागपात, काउली, बन्दा, टमाटरलगायत तरकारी उत्पादन गर्छिन् । तरकारी खेतीबाट वार्षिक २ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरे पनि उनले प्याज, खुर्सानी, लसुनलगायत तरकारी भारतीय प्रयोग गर्नुपर्ने बाध्यता छ । ‘धेरैजसो तरकारी त गाउँमै फलाउँछौं,’ उनले भनिन्, ‘केही तरकारी स्थानीयभन्दा भारतकै सस्तो छ, त्यसैले भारतीय तरकारी प्रयोग गर्नुको विकल्पै छैन ।’ 

कर्णालीमा बाहिरकै खाद्यान्न र तरकारीको भर !