सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का ३० वर्षका मधुसुदन काफ्लेले नेसनल एकेडेमी फर मेडिकल साइन्स काठमाडौंबाट एचए अध्ययन गरे । पढाइ सकेर सुर्खेत फर्किएपछि उनले २०६८ चैतबाट करिब दुई वर्ष वीरेन्द्रनगरमै रहेको लाटिकोइली स्वास्थ्य चौकीमा काम गरे । काम गर्ने क्रममा उनले क्षयरोगका धेरै बिरामी देखे । उनलाई लाग्थ्यो, क्षयरोग औषधि उपचार भएको सामान्य रोग हो ।
सानैदेखि उनको मनमा केही न केही गरिरहने हुटहुटी चल्थ्यो । एउटा काम सकियो कि नयाँ सोच आइहाल्थ्यो । थपक्क बसेर दिन कटाउन सक्थेनन् । नयाँ सोच आउनासाथ त्यसअनुसार काम थालनी गर्ने बानी नै बस्यो । त्यसका लागि प्रेरणा हासिल गर्न सफल व्यक्तिबारे सुन्ने वा जान्ने मौका गुमाउँदैनथे । त्यस्ता कुराले उत्प्रेरित भएपछि नयाँ योजना बुन्थे ।
निकोटिनले पहेंलिएका औंलाका यादहरू गाढा भएर आउँछन् आजकल । ती औंलाहरूजस्तै पहेंला थिए उदासीका कहालीलाग्दा आमाका दिनहरू । बितिगएका ती दिनको कल्पनामा राजेश हमाल देख्छन्, एउटा तस्बिर, दुई औंलाका कापमा च्यापिएको ५५५ चुरोट अनि अकासिँदो एक मुस्लो धूवाँ ।
कुनै बेला सुदूरपश्चिममा नन्दकृष्ण जोशी, भोजराज भट्ट र भुवन दाहालजस्ता नाम चलेका देउडा गायकको जगजगी थियो । त्यतिबेला किशोर अवस्थाका लालबहादुर धामी पनि देउडा गायनमा प्रवेश गरे । १५ वर्षको उमेरमा ९ कक्षा पढ्दै गर्दा पहिलो पटक गीति एल्बम निकालेका धामी अहिले देउडामा चल्तीका गायक बनेका छन् ।
नारीवादी विधिशास्त्रले कामकाजी महिलाको दुःखलाई बुझाउन प्रयोग गर्ने एउटा पदावली छ– सेकेन्ड सिफ्ट । गृहिणी शब्दले घरव्यवहार सम्हाल्ने कुनै स्त्रीलाई संकेत गर्छ । काम जति पनि हुने तर अर्थोपार्जनका मामिलामा त्यसको गणनाचाहिँ नहुने हुनाले रोजगार/बेरोजगारको लैंगिक तथ्यांकमा महिलाहरूको स्थान सधैं बेरोजगारको ठाउँमा आउँछ ।
भोजपुरको दिङ्लामा जन्मेहुर्केका सुरेन्द्रबहादुर बस्नेतले जीवनको उतरार्द्धमा स्थापना गरेको एउटा वायुसेवा कम्पनी आज नेपालको आन्तरिक उडानमा लाइफलाइन बनेको छ । यदि बुद्ध एयरले अहिले एक दिन पनि उडान बन्द गर्नुपर्ने भयो भने देशकै अर्थतन्त्रमा ठूलो धक्का लाग्न पुग्छ ।
जर्मनीका प्रसिद्ध पल्मोनोलोजिस्ट (श्वासप्रश्वास रोग विशेषज्ञ) डा. आर्ने ड्रिउज कतिपटक नेपाल आए ? उनैलाई हेक्का छैन । सन् १९९२ सेप्टेम्बर ७ मा नेपालमा पहिलो पटक पाइला टेकेपछि हरेक वर्षजस्तो उनी सहयोगका हात फैलाउँदै त्रिभुवन विमानस्थल ओर्लन्छन्, हुर्रिंदै गोरखाको आँपपीपल पुग्छन्, छेउछाउका गाउँघर घुम्छन् ।
मिड नाइन्टिज र अर्ली ट्वाइन्टिज जेनेरेसनका लागि नवीन के भट्टराई सांगीतिक आइकन हुन् । उनले यस अवधिमा सयौं गीत कम्पोज गरेका छन् भने दर्जनौं गाएका छन् । आफ्नो पहिलो गीत ‘आँखामा तिमीलाई...’ सुन्दा उनी एकान्तमा जहिले पनि नोस्टाल्जिक बन्छन् ।
एक साधारण मान्छे, तर असाधारण कथाजस्तै जीवन ! उनले जीवनलाई कथै सोचे, कथै बाँचे– जीवन बुझ्ने साधन नै कथा बनाए । जिन्दगीका सुख–दुःख, भाव–अभाव सबै कथामै लेखे ।
संस्कृतमा एउटा श्लोक छ– विद्या धनम् सर्व धनम् प्रधानम् । अर्थात्, धनहरूमा विद्या प्रमुख छ । किनभने, यसले निर्धोलाई पनि बल दिन्छ, पछि परेकालाई अघि लैजान्छ अनि बोल्न नसक्नेलाई वाणी दिन्छ । आफूले बिताएका दिनहरू र तय गरेका घुमाउरा बाटोहरूका बारेमा गफिँदा अग्लो कदका कृष्णप्रसाद ढकालका दुई जिज्ञासु आँखा विद्याधनको यही शक्तिलाई सम्झेर पुलकित हुन्छन् ।