२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८
उपत्यका

National

बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि

काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
वैशाख ३, २०८१

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना पक्राउ

नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो ।

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना पक्राउ
वैशाख २, २०८१

सगरमाथाको अंग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अंग्रेजीमा ‘माउन्ट एभरेस्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका हुन् । 

सगरमाथाको अंग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

बिस्केट जात्रा : सुजन बाग श्रेष्ठले जिब्रो छेडाए

मध्यपुर थिमि–८ बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले परम्पराअनुसार यस वर्षको बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेडाएका छन् । उनले दोस्रोपल्ट जिब्रो छेडाएका हुन् । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

बिस्केट जात्रा : सुजन बाग श्रेष्ठले जिब्रो छेडाए
वैशाख १, २०८१

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो

भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिंगो आज साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी आज साँझ लिंगो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो ।  बिस्केट जात्राको चौथो दिन हिजो साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिंगो आज दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो ।  

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो

काठमाडौंमा स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौँमा शनिवार भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

काठमाडौंमा स्कुटर दुर्घटनामा एकको मृत्यु

भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो

नयाँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न मानव सागर उर्लिएको छ । वैशाख १ गते ल्यासिंखेलमा उठाउने अष्टमात्रिका गणसहित लिङ्गो जात्रा हेर्न भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ मानिस जात्रा हेर्न आएका हुन् । 

भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका हुन् ।

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
चैत्र २९, २०८०

ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुलाउने व्यवसायीको घोषणा

व्यवसायीहरुले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैँ घण्टा खुलाउने घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्रको व्यापार व्यवसाय २४ सैँ घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुलाउने व्यवसायीको घोषणा

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् । 

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा