२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
फोटोफिचर

Photo Feature

रैथानेबाली जोगाउन बिउ प्रदर्शन [तस्बिरहरु]

पातारासी गाउँपालिकामा रैथानेबाली जोगाउन महिलाहरुले आफैँले उत्पादनका गरेका बिउ प्रदर्शन गरेका छन् । गाउँपालिका क्षेत्रका ११ वटा महिला कृषक समूहहरुले पछिल्लो समयमा आयातीत खाद्यान्नका कारण रैथानेबाली लोप भइरहेको भन्दै बिउ प्रर्दशनी गरेर स्थानीय सरकारको ध्यानाकर्षण गरेका हुन् । प्रदर्शनीमा जौं, गहुँ, मकै, भट्मास, चिनो, कागुनो, मार्सी धान, सिमी, गहत लगायतका तरकारी र फलफुलजन्य बालीहरुको बिउ राखेका थिए । 

रैथानेबाली जोगाउन बिउ प्रदर्शन [तस्बिरहरु]
वैशाख ६, २०८१

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै प्रदर्शन

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गराउन माग गर्दै परिवारजनले काठमाडौंमा बिहीबार प्रदर्शन गरेका छन् । सरकारले रुसी सेनामा भर्ती भएका सबैलाई तत्काल फिर्ता गराउनुपर्ने माग राख्दै उनीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई प्रकाउ गरेको छ ।

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै प्रदर्शन
वैशाख ५, २०८१

गुराँस गन्तव्य बने डाँडा–थुम्का 

पाँचथरको फिदिम,फालेलुङ र याङवरक क्षेत्रका वन–जंगल यतिबेला गुराँसले ढकमक्क भएका छन् । रंगीचंगी गुराँस फुलेपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ ।

गुराँस गन्तव्य बने डाँडा–थुम्का 

नरहरिनाथमा मनाइयो पुतली पर्व

रातो गुन्यू चोलीले सजीएकी केटी बेहुली (पुतली) र जूगा सहित पुरुषको पोसाकमा सजाएको (अर्की केटी) बेहुला (पुल्तो) बनाएर पुतली पर्व मेला मनाइएको छ । अछामको रामारोसन र कालीकोटको नरहरिनाथ क्षेत्रमा हुने बिहाबारीलाई परम्पराको रुपमा लिँदै दुई केटीलाई बेहुला बेहुली (पुल्ती) बनाएर नरहरिनाथ-५ खातीरुप्सामा मेला (पर्व) मनाइएको हो ।

नरहरिनाथमा मनाइयो पुतली पर्व
वैशाख ३, २०८१

नागढुंगा सुरुङमार्गमा 'ब्रेक थ्रु' [तस्बिरहरु]

निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।

नागढुंगा सुरुङमार्गमा 'ब्रेक थ्रु' [तस्बिरहरु]
वैशाख २, २०८१

चैते छठको रौनक [तस्बिरहरु]

महोत्तरीका विभिन्न नदी र पोखरीमा चैते छठको रौनक देखिएको छ । आइतबार साँझ सुर्यलाई अर्घ दिन छठ घाटहरूमा भेला भएका श्रद्धालुले अस्ताउँदो सुर्यलाई अर्घ दिएका छन् । चैत्र शुक्लपक्ष चतुर्थीका दिन महाखाय गरेर सुरु भएको चैते छठ सोमवार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।  महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर पोखरी, औरही शिवमन्दिर पोखरी, बर्दिवास पोखरी लगायतका पोखरीमाहरुमा छठको रौनक देखिएको छ ।

चैते छठको रौनक [तस्बिरहरु]

मर्स्याङ्दी जलाशयमा मोटरबोट [तस्बिरहरू]

पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको हो ।

मर्स्याङ्दी जलाशयमा मोटरबोट [तस्बिरहरू]

बोडेमा मनाइयो जिब्रो छेड्ने जात्रा [तस्बिरहरु]

मध्यपुर थिमि–८ बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले परम्पराअनुसार यस वर्षको बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेडाएका छन् । उनले दोस्रोपल्ट जिब्रो छेडाएका हुन् । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

बोडेमा मनाइयो जिब्रो छेड्ने जात्रा [तस्बिरहरु]

मध्यपुर थिमिमा मनाइयो सिन्दुर जात्रा  

मध्यपुर थिमिका नेवार समुदायले आइतबार सिन्दुर जात्रा अर्थात सुथःसिया जात्रा धुमधाम साथ मनाएका छन् । बिस्का (बिस्केट) जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।

मध्यपुर थिमिमा मनाइयो सिन्दुर जात्रा  

यसरी गर्दैछ नेपाली सेनाले गोरखा-जितगढी पदयात्रा

नेपाली सेनाको गोरखा–जितगढी दोस्रो एकीकरण पदयात्रामा सहभागी टोलीलाई आइतबार पाल्पामा स्वागत गरिएको छ । चैत २७ गते गोरखाबाट सुरु भएको पदयात्रीलाई पाल्पास्थित नेपाली सेनाको द फेमस महीन्द्र दल गणले पाल्पा र स्याङ्जाको सीमाना केलादीमा स्वागत गरेको हो ।

यसरी गर्दैछ नेपाली सेनाले गोरखा-जितगढी पदयात्रा