क्रिकेट विश्वकप - २०१९
असार ४, २०७६

कीर्तिमानै कीर्तिमान

इंग्ल्यान्डका कप्तान इयान मोर्गनले एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका छन् । मोर्गनले करिअरकै उत्कृष्ट ब्याटिङ गरेपछि एकदिवसीय विश्वकपमा इंग्ल्यान्डले अफगानिस्तानमाथि ३ सय ९७ रनको विशाल योगफल खडा गरेको हो । 

'सेमिफाइनल यात्रा कठिन'

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले सोमबार बंगलादेशसँगको ७ विकेट हारसँगै आफ्नो टोलीका लागि विश्वकप सेमिफाइनल यात्रा अत्यत्नै कठिन भएको प्रतिक्रिया दिएका छन् । विश्वकप इतिहासमै ठूलो लक्ष्य पछ्याएर बंगलादेशले जित हासिल गरेको थियो । 

सकिबको उत्कृष्ट इनिङ्स

बंगलादेशका अलराउन्डर सकिब अल हसनले वेस्ट इन्डिजविरुद्ध अविजित १ सय २४ रनको विजयी इनिङ्सलाई आफ्नो करिअरकै उत्कृष्ट क्षणको रूपमा परिभाषित गरेका छन् । सकिबको जादुयी प्रदर्शनका कारण बंगलादेशले विश्वकप इतिहासमै दोस्रो ठूलो रन पछ्याएर जित हासिल गरेको थियो । 

कठिन मोडमा दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाले जारी एकदिवसीय विश्वकपको आफ्नो पाँचौं खेलमा पहिलो जित निकाल्ने क्रममा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । बुधबार एजबास्टोन रंगशालामा दक्षिण अफ्रिकाका लागि न्युजिल्यान्ड निकै कठिन चुनौती हुन सक्नेछ ।

असार ३, २०७६

इंग्ल्यान्ड भर्सेस अफगानिस्तान

पछिल्लो २ खेलमा सबै क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गरेको घरेलु टोली इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा मंगलबार अंकतालिकाको अन्तिममा रहेको अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

ADVERTISEMENT

बंगलादेशको स्मरणीय जित

शकिब अल हसनको सानदार शतकपछि बंगलादेशले विश्वकप क्रिकेटमा सोमबार वेस्ट इन्डिजमाथी ७ विकेटका स्मरणीय जित हात पारेको छ । बंगलादेशले विश्वकपमा दोस्रो ठुलो विजय लक्ष्य स्कोर पछ्याउदै सेमिफाइनल यात्राको सम्भावनालाई कायमै राखेको छ । 

रोयले २ खेल गुमाउने

इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले आफ्ना ओपनिङ ब्याट्सम्यान जेसन रोय बायाँ ह्याम्स्ट्रिङको चोटका कारण विश्वकपका आगामी २ खेल खेल्न नसक्ने जानकारी दिएको छ । शुक्रबार वेस्ट इन्डिजविरुद्धको खेलमा फिल्डिङका क्रममा घाइते भएका रोयले मंगलबार ओल्ट ट्राफोटमा हुने अफगानिस्तानविरुद्धको खेल र शुक्रबार हिडिङलेमा हुने श्रीलंकाविरुद्धको खेल गुमाउनेछन् ।

कुलदीपको त्यो बल

भारतीय बलर कुलदीप यादवले विश्वकपमा पाकिस्तानका ब्याट्सम्यान बाबर आजमको विकेट लिँदा उनले बल अविश्वसनीय रूपमा घुमाउन सफल रहे । यो हरेक स्पिनरको ‘सपना’ हो र आफ्नो प्रयास सफल भएकोमा उनी दंग छन् ।

असार २, २०७६

भारतको ७ मा ७

रोहित शर्माको शतकमा भारतले विश्वकप क्रिकेटमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ लुइस पद्धतिमा ८९ रनले पराजित गरेको छ । विश्वकपमा भारतले पाकिस्तानमाथि सात खेल खेलेकोमा सबैमा विजय हात पारेको छ । यस विजयपछि भारत अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । 

दक्षिण अफ्रिकालाई सबै खेल जित्ने चुनौती

फाफ डु प्लेसिसले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने हो भने प्रतियोगिताका सबै बाँकी खेल जित्नुपर्ने बताएका छन् । दक्षिण अफ्रिकाले शनिबार आफ्नो पहिलो जितका लागि अफगानिस्तानलाई नौ विकेटले हराएको थियो ।

बटलर कप्तानी सम्हाल्न तयार

इंग्लिस ब्याट्सम्यान जस बटलरले मंगलबार हुने अफगानिस्तानविरुद्धको खेलमा नियमित कप्तान इयान मोर्गन चोटबाट फर्कन असफल रहे आफू कप्तानी सम्हाल्न तयार रहेको प्रस्ट पारेका छन् ।