कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकपका लागि पाक टिमको घोषणा

एएफपी

लहोर — शोकमा रहेका असिफ अलि, फेरि फिट भएका मोहम्मद आमिर र वहाब रियाज वान डे विश्वकपका लागि सोमबार घोषित पाकिस्तानी १५ सदस्यीय टिममा परेका छन् । अलिका १८ महिना मात्र पुगेकी छोरीको यसै सप्ताहन्त निधन भएको थियो । अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी नूर फातिमाको आइतबार निधन भएको थियो । लहोरमा आयोजना भएको अन्तिम संस्कारपछि उनी फेरि टिमस“ग जोडिने छन् । 

विश्वकपका लागि पाक टिमको घोषणा

पाकिस्तानी प्रमुख छनोटकर्ता इन्जमाम–उल–हकले उत्तरी सहरमा अयोजित पत्रकार सम्मेलनमा विश्वकपका लागि अन्तिम सूची जारी गरेका हुन् । त्यसक्रममा उनले भने, ‘हामी सबै अहिलेको कठिन समयमा अलिको साथमा छौं । उनले चा“डै टिमको अभ्यास खेलमा सहभागी हुनेछन् ।’ फास्ट बलर आमिरलाई उनको खराव लयका कारण यसअघि घोषणा गरिएको प्रारम्भिक टिममा राखिएको थिएन । तर उनले अहिले भने टिममा स्थान बनाएका छन् ।


हालै मात्र पाकिस्तानले पा“च खेलको वान डे सिरिज इंग्ल्यान्डविरुद्ध ४–० ले गुमाएको थियो । सिरिजको पहिलो खेल भने वर्षाले सम्भव भएको थिएन् । पाकिस्तानले चारै खेलमा इंग्ल्यान्डविरुद्ध ३ सय ५० रन भन्दा बढी खर्चेपछि छनोटकर्ता बाया“ हाते पेसम्यान रियाजलाई टिममा फिर्तँ बोलाउन बाध्य भएको हो । हकले रिजाय अनुभवी बलर रहेको र त्यसै कारण उनलाई मौका दिइएको बताए । ‘इंग्ल्यान्डविरुद्धको सिरिजका क्रममा हामीले टिममा अनुभवी बलर चाहिएको अनुभव ग¥यौं,’ हकले थपे ।


सन् २०२२ र २०१५ को विश्वकप खेलेका ३३ वर्षीय रियाजले अहिलेसम्म ७९ वान डे खेलेका छन् । उनले अन्तिम पटक दुई वर्ष अगाडि भारतविरुद्ध च्याम्पियन्स ट्रफिमा खेलेका थिए । सुरुआती टिममा परेर पनि प्mयालिएका खेलाडीमा फास्ट बलर जुनिद खान, अलराउन्डर फाहिम असरफ र प्रारम्भिक ब्याट्सम्यान अबिद अलि छन् । टिममा परेका अरू खेलाडीमा कप्तान सरफरजा अहमद, फकिर जमन, इमाम–उल–हक, बाबर आजम, ह्यारिस सोहेल, मोहम्मद हाफेज, सोएब मलिक, इमान वासिम, सबद खान, मोहम्मद हसनन, असिन अलि र सहिद साह अफ्रिदी छन् ।


प्रकाशित : जेष्ठ ६, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?