कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

न्युजिल्यान्डको श्रीलंकामाथि १० विकेट जित

एएफपी

कार्डिफ — न्युजिल्यान्डले विश्वकपको आफ्नो पहिलो खेलमा खराव समयबाट गुज्रिरहेको श्रीलंकामाथि शनिबार १० विकेटको सजिलो जित निकालेको छ । 

यो सुदृढ जितपछि न्युजिल्यान्डले प्रतियोगिताका बाँकी टिमलाई कडा चेतावनी पनि दिएको छ । न्युजिल्यान्डले जितका लागि १ सय ३७ रनको लक्ष्य पाएकोमा त्यसलाई सजिलै १६.१ ओभरमा विना विकेट क्षति पूरा गर्‍यो ।

न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याटिङ जोडीमध्ये मार्टिन गुपटिलले ७३ रन र कोलिन मुनराले ५८ रन बनाए । यसअघि श्रीलंका २९.२ ओभरमा १ सय ३६ रनभित्र समेटिएको थियो ।


श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले सर्वाधिक ५२ रन बनाए र नटआउट रहे । किवी बलरमध्ये म्याट हेनरी र लकी फर्गुसनले तीन तीन विकेट लिए ।

प्रकाशित : जेष्ठ १८, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?