अस्ट्रेलियाको विजयी सुरुआत

एएफपी

ब्रिस्टल — डेविड वार्नरको अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केयता बनाएको नटआउट अर्धशतकको मदतले अस्ट्रेलियाले विश्वकपमा शनिबार राति अफगानिस्तानलाई ७ विकेटले हराएको छ । 

पाँच पल्टको विश्वकप विजेताले सुरुमा अफगानिस्तानाई ३८.२ ओभरमा २ सय ७ रनमा समेटेको थियो । त्यसयता डिफेन्डिङ च्याम्पियनले १५ ओभरको खेल बाँकी छँदा विजयी लक्ष्य आत्मसात गर्‍यो ।

वार्नर ८९ रन बनाएर नटआउट रह । उनीसँगै स्टिभ स्मिथले बल ट्याम्परिङ काण्डमा एक वर्षको प्रतिबन्ध बेहोरेयता अस्ट्रेलियाका लागि पहिलो पल्ट खेले ।


प्रकाशित : जेष्ठ १९, २०७६ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?