२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पाकिस्तान नम्र नहुने

एएफपी

ब्रिस्टल — पाकिस्तानले इंग्ल्यान्डलाई हराएयता शुक्रवार विश्वकपमा श्रीलंकाको सामना गर्नेछ र त्यस अगाडि प्रशिक्षक माइक आर्थरले आफ्ना खेलाडीलाई नम्र नभएर नखेल्ने बताएका छन् । लगातार कहिले कस्तो खेल्न अनुमान गर्न नसकिने पाकिस्तानले ट्रेन्ट ब्रिजमा भएको खेलमा आयोजक देशलाई हराउन चर्को दबाब सामना गरेको थियो ।

पाकिस्तान नम्र नहुने

त्यसको ठिक दिन अगाडि भने पाकिस्तान वेस्ट इन्डिजविरुद्धको खेलमा आत्तिएको प्रदर्शन गर्दै ७ विकेटले पराजित रह्यो ।


इंग्ल्यान्डलाई हराएपछि पाकिस्तानले वान डे अन्तर्राष्ट्रिय खेलमा लगातार ११ खेलको हार क्रमलाई रोकेको छ । त्यस जितमा आफ्ना खेलाडीको प्रशंसा गर्दै आर्थरले पाकिस्तान त्यो स्तब्धपूर्ण सफलताको हकदार रहेको बताए । उनले भने, ‘हाम्रा खेलाडीले आत्मविश्वासले खेल्दा खुसी लाग्छ । हामीले सबै खेलाडीले आफूले सक्दो कडा रूपमा प्रस्तुत भएर खेल्न भनेको छु । जति बेला हाम्रो ब्याटिङ, फिल्डिङ र बलिङ राम्रो हुन्छ, हामी कसैलाई पनि हराउन सक्षम छौँ ।’


प्रशिक्षक आर्थरका अनुसार अब पाकिस्तान टिमको प्रदर्शनमा एक समानता पनि हुनुपर्छ । इंग्ल्यान्डको धारिलो बलिङसामु पाकिस्तानले ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो । त्यसमा भेट्रान मोहम्मद हाफेज, बाबर आजम र सरफराज अहमदले अर्ध शतक बनाएका थिए । त्यसपछि पेस म्यान वाहब रियाज र मोहम्मद अमिरसँगै लेग स्पिनर सादब खानले सटिक बलिङ गर्दै इंग्ल्यान्डलाई ५० ओभरमा ९-३३४ रनमा रोकेको थियो ।


‘हाम्रा खेलाडीमा अब राम्रो गर्ने भोक उत्पन्न भएको छ, पुराना खराब हारलाई बिर्सेर उदृढ प्रदर्शनको पक्षमा रहेका छन् । यस्तै प्रदर्शन अब हामीले अबका खेलमा कायम गर्नु पर्नेछ,’ आर्थरले थपे ।


सन् १९७५ को पहिलो विश्वकपयता पाकिस्तानले श्रीलंकाविरुद्धका सबै ७ खेलमा जित निकालेको छ । अबको खेलमा भने पाकिस्तान फास्ट बलर मोहम्मद हसनलाई मैदानमा उतार्ने मनसायमा हुनेछ, किनभने न्युजिल्यान्डविरुद्धको खेलमा श्रीलंका यस्तै बलिङ आक्रमणसामु धराशायी भएको थियो ।


श्रीलंका त्यस खेलमा १० विकेटले पराजित रहेको थियो । श्रीलंकाले त्यसपछि अफगानिस्तान विरुद्ध कार्डिफमा भएको खेल जितेर आफ्नो विश्वकप अभियानलाई जीवन्त राखेको छ । सन् १९९६ को च्याम्पियन श्रीलंकाका लागि सबैभन्दा ठुलो चिन्ता मध्यक्रम रहेको छ । श्रीलंकाले न्युजिल्यान्डविरुद्ध १४ रनमा ५ विकेट तथा अफगानिस्तान विरुद्ध ३६ रनमा ७ विकेट गुमाएको थियो । श्रीलंकाली प्रशिक्षक चन्दिका हथुरुसिन्घेले पनि आफ्ना खेलाडीलाई प्रदर्शनको स्तर बढाउन भनेका छन् ।


‘मैले खेलाडीसँग इमान्दारितापूर्वक आफ्नो भनाइ राखेको छु । मलाई झुटो बोल्नु छैन । श्रीलंकाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेको छैन र यो सत्य हो । अब हाम्रा खेलाडीसामु राम्रो प्रदर्शन गर्नु बाहेक अर्को विकल्प छैन,’ प्रशिक्षक हथुरुसिन्घेले भने ।


श्रीलंकाले अफगानिस्तान विरुद्ध बनाएको २ सय १ रनमा प्रारम्भिक ब्याट्सम्यान कुशल परेरा एक्लैले ७८ रनको योगदान दिएका थिए र उनको प्रदर्शनमा प्रशिक्षक प्रभावित देखिएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ ००:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?