न्युजिल्यान्डको लगातार तेस्रो जित
टउन्टन — न्युजिल्यान्डले विश्वकपमा शनिबार राति लगातार तेस्रो जित निकालेको छ । त्यसका लागि उसले अफगानिस्तानलाई सजिलै ७ विकेटले हरायो ।
जिम्मी नसमले ३१ रनमा ५ तथा लोकी फर्गुसनले ३७ रनमा ४ विकेट लिएपछि अफगानिस्तान १ सय ७२ रनमै समेटियो । न्युजिल्यान्डले पनि सुरुमै केही विकेट गुमाएपनि १७.५ ओभर अगाडि नै टिम जितसम्म पुग्यो ।
उसका लागि कप्तान केन विलियमसनले ९९ बलमा सवाधिक ७९ रन बनाए र नटआउट रहे । अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो ।
प्रकाशित : जेष्ठ २६, २०७६ ०८:०६प्रतिक्रिया