कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

'बेल’ विवाद : कोहली र फिन्च एकै ठाउँ

एएफपी

लन्डन — भारतीय कप्तान विराट कोहलीलाई साथ दिएका छन् अस्ट्रेलियाली कप्तान आरोन फिन्चले । उनीहरू दुवै के मान्छन् भने अहिले चलिरहेको विश्वकपमा ‘बेल’ लाई लिएर जुन विवाद सुरु भएको छ त्यो सह्य छैन ।

'बेल’ विवाद : कोहली र फिन्च एकै ठाउँ

ओभरमा आइतबार भारतविरुद्धको खेलमा अस्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान बोल्ड हुनबाट त्यति बेला बचे, जति बेला उनले जसप्रित बुमराहको बलिङमा डिफ्लेक्ट गरेको बलले स्टम्पलाई त छोयो तर बेल झरेन ।

यसपल्टको विश्वकपमा यस्तो भएको पहिलोपल्ट होइन । बलले स्टम्प छोए पनि बेल नझरेपछि डेविड वार्नरले अस्वाभाभिक रूपमा जीवनदान पाए । बेल नझरेर ब्याट्सम्यान जोगिएको यो पाँचौंपल्ट हो । बेलमा आजभोलि ‘लाइट’ पनि जोडिएको हुन्छ । बल विकेटमा लागेर स्टम्प झरेपछि यसम बत्ती पनि बल्छ । वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको खेलमा पनि क्रिस गेल यसरी नै जोगिए । माइकल स्टार्कको बलिङमा १ सय ४६ किलोमिटरको गतिमा रहेको बलले स्टम्प छोए पनि बेल झरेन ।

यस्तै घटना भयो, दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको खेलमा । दक्षिण अफ्रिकाका ब्याट्सम्यान क्विन्टन डी कक बेल नझरेर बचेपछि यस्तै घटनामा श्रीलंकाका ब्याट्सम्यान दिमुथ करुणारत्ने पनि बचे न्युजिल्यान्डविरुद्धको खेलमा । आईसीसीले भने यो ‘जिङ बेल’ को बचाउ नै गरिरहेका छन् । उसको दाबी छ, प्रायः क्रिकेटमा प्रयोग हुने काठको बेलभन्दा अहिले प्रयोगमा रहेको बेल झन् हलुको छ ।

बेल नझरकेकै कारण जोगिएका वार्नरले आखिरमा ५६ रन बनाए । धन्न, उनको यो प्रदर्शनले नतिजामा केही अन्तर आएन । यो अहिले विश्वकपमा चर्चाको विषय बनेको छ । पूर्व इंग्ल्यान्ड कप्तानहरू माइकल भन र नासिर हुसेनले आईसीसीलाई यस विषयमा गम्भीर हुन अनुरोध गरिसकेका छन् । दुवै कप्तानका अनुसार बेल नझर्ने क्रम संयोगभन्दा पनि दोहोरिएको घटना हुन थालेको छ । भारतले त्यो जितेर ठूलो अर्थ राखेन तर कोहलीलाई भने यो स्थिति मान्य छैन ।

‘पक्कै पनि अन्तर्राष्ट्रिय क्रिकेटको यो स्तरमा यस्तो घटना स्विकार्न सकिन्न,’ कोहलीले मिडियासँग भने, ‘प्रविधिको सहयोग पक्कै पनि चाहिन्छ तर अहिले जे भइरहेको छ त्यो ठीक भएन । अहिले बेल झर्नका लागि निकै ठूलो शक्तिले स्टम्पमा हचलच ल्याउनुपर्ने भएको छ । म ब्याट्सम्यान भएर पनि यत्तिको भनिरहेको छु । बलरलाई कस्तो भइरहेको छ, त्यो आफ्नै ठाउँमा छ । यो एक प्रकारले बलरप्रति अन्याय हो ।’

बेल नझरेर आफ्नो टिमलाई केही फाइदा भए पनि अस्ट्रेलियाली कप्तान फिन्च पनि यसको विपक्षमै छन् । उनले बेलकै कारण प्रतियोगितामा ठूलो निर्णय यताउता मोडिनसक्ने माने । उनले भने, ‘स्टम्प वास्तवमै निकै कडा छ । अहिले जुन घटना भएको छ, त्यो दोहोरिएर हुन थालेको छ । यसलाई लिएर आईसीसीले के गर्छ, त्यो मलाई थाहा छैन । तर यसलाई स्विकार्न सकिन्न । विश्वकपको सेमिफाइनल र फाइनलमै यस्तो भयो भने के गर्ने भन्ने नाजुक स्थिति बन्छ ।’

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?