स्टम्प र बेल परिवर्तन नहुने

एएफपी

लन्डन — एकदिवसीय विश्वकपमा देखिएको बेल विवादलाई समाधान गर्न स्टार खेलाडीले गरेको आग्रहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्वीकार गरिदिएको छ ।

भारतका कप्तान विराट कोहली र अस्ट्रेलियाका कप्तान आरोन फिन्चले आइतबार संयुक्त रूपमा बेल समस्याको समाधान गर्न आईसीसीसमक्ष अनुरोध गरेका थिए । भारतविरुद्ध विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाका ओपनर डेविड वार्नर इनिङ्सको सुरुआतमै बोल्ड भएका थिए । जसप्रित बुमराहको बल उनको खुट्टामा ठोक्किँदै स्टम्पमा लागे पनि बेल खसेन । वार्नरले ठूलो जीवनदान पाए ।

जारी विश्वकपमा बल स्टम्पमा लागेर पनि ‘जिङ बेल’ नझरेको त्यो पाँचौं घटना थियो । बलले लागेपछि बेल र स्टम्पमा रातो बत्ती बल्छ । बत्ती त बल्यो तर बेल झरेन । फलस्वरुप ब्याट्सम्यान आउट भएनन् ।

कोहली, फिन्चलगायत इंग्ल्यान्डका पूर्व कप्तान माइकल भन, नासिर हुसेनले बेल परिवर्तन गर्न दिएको सुझावका बावजुद आईसीसीले पारम्परिक शैलीको काँडे बेलतर्फ फर्किने आफ्नो कुनै योजना नरहेको प्रस्ट पारेको छ ।

‘हामी प्रतियोगिताको मध्यतिर आएर कुनै पनि सामग्री परिवर्तन गर्न सक्दैनौं । यसले प्रतियोगिताको गरिमा पनि घटाउँछ । प्रतियोगिताका १० टोलीबीच हुने ४८ खेलमै एउटै सामग्रीको प्रयोग हुन्छ,’ विश्व क्रिकेटको नियामक निकाय आईसीसीले मंगलबार प्रस्ट पारेको छ ।

‘पछिल्लो ४ वर्षदेखि स्टम्प परिवर्तन गरिएको छैन । सन् २०१५ को विश्वकपयता पुरुष क्रिकेटमा आईसीसीले आयोजना गर्ने सबै प्रतियोगितामा यही स्टम्पको प्रयोग हुन्छ,’ स्काई स्पोर्टसमार्फत आईसीसीले भनेको छ, यसको मतलब के हो भने १ हजारभन्दा धेरै खेलमा यस्तै प्रविधिको प्रयोग भइसकेको छ । गुणात्मक रूपमा यो सफल भइसकेको छ ।’

प्रकाशित : जेष्ठ २९, २०७६ ०८:५९

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

श्रीलंका र बंगलादेशको खेल रद्द

एएफपी

ब्रिस्टोल — लगातारको वर्षाका कारण ब्रिस्टोलमा मंगलबार विश्वकपअन्तर्गत श्रीलंका र बंगलादेशबीचको खेल रद्द गरिएको छ । दुवैले १–१ अंक पाएका छन् । 

वर्षाले प्रभावित खेलमा मैदान निरीक्षण गर्दै अम्पायरहरू । तस्बिर : एपी

ब्रिस्टोलमा वर्षाका कारण खेल रद्द भएको यो लगातार दोस्रो खेल हो । दक्षिण पश्चिम काउन्टी ग्लुसेस्टरसायरको केन्द्रमा शुक्रबार पाकिस्तान र श्रीलंकाबीचको खेल पनि वर्षाले स्थगित भएको थियो ।

जारी विश्वकपमा ब्रिस्टोलमा खेलाइएको तीनमध्ये दुई खेल वर्षाले रोकिदिएको छ । यस मैदानमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएर उपाधि रक्षाको अभियान सुरु गरेको थियो ।

रातभर र बिहानसमेतको वर्षाका कारण आउटफिल्डमा पानी जमेपछि स्थानीय समयअनुसार साढे १० बजेदेखि सुरु हुनुपर्ने खेल रोकिएको थियो । ४ घण्टासम्म पानी रोकिएर खेल सञ्चालन गर्न नसकिएपछि अम्पायरले अंक बाँड्ने घोषणागरेका हुन् । एकदिवसीय विश्वकपमा वर्षाले धेरै खेल प्रभावित भएको यो दोस्रो विश्वकप हो । सोमबार वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल पनि वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०८:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT