कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतविरुद्ध न्युजिल्यान्डको आत्मविश्वास

एजेन्सी

ट्रेन्ट ब्रिज — भारत र न्युजिल्यान्ड दुवै जारी विश्वकपमा अपराजित टोली हुन् । बिहीबार ट्रेन्ट ब्रिजमा हुने खेलमा दुवै टोली आफ्नो लगातार सफलता कायम राख्न चाहन्छ । 

भारतविरुद्ध न्युजिल्यान्डको आत्मविश्वास

साबिक विजेता अस्ट्रेलियाविरुद्ध ३६ रनको सानदार जित पाएको भारतीय टोलीलाई न्युजिल्यान्डसँगको खेलअघि आफ्ना सुरुआती ब्याट्सम्यान शिखर धवनको औंलाको चोटले ठूलो झट्का दिएको छ । धवनले यो खेल गुमाउने सम्भावना छ ।

कप्तान विराट कोहलीले चौथो नम्बरमा ब्याटिङ गरिरहेका लोकेश राहुललाई रोहित शर्मासँगै ओपनिङ पठाउने सम्भावना छ । यसको अर्थ राहुलले न्युजिल्यान्डको शक्तिलाली तीव्र बलिङ आक्रमणको सामना गर्नेछन् ।

भारतीय टोलीका दुई स्पिनर युजभेन्द्र चहल र कुलदीप यादवले यसअघिका दुई खेलमा निर्णायक क्षणमा सफलता दिलाएका थिए । कोहलीले ट्रेन्ट ब्रिजको छोटो बाउन्ड्री र बदलीयुक्त मौसममा स्पिनरको सन्तुलन कसरी मिलाउने छन् त्यो हेर्नलायक हुनेछ ।

न्युजिल्यान्ड अंकतालिकामा ३ खेलबाट शतप्रतिशत जितसाथ शीर्षस्थानमा छ । लोकी फर्गुसन र म्याट हेनरीले १५ विकेट लिएका छन् । उनीहरू धेरै विकेट लिने बलरमा अगाडि छन् । जिम्मी निसम र कोलिन डी ग्रान्डहोमले उनीहरूलाई राम्रो साथ दिइरहेका छन् । कप्तान केन विलियम्सनसँग बलिङका लागि पर्याप्त विकल्प छ ।

तीन खेलमा न्युजिल्यान्डको सुरुआती ब्याटिङ सानदार देखिएको छ । उनीहरूको मध्यक्रमको परीक्षण अहिलेसम्म हुन सकेको छैन । सम्भवतः न्युजिल्यान्डको मध्यक्रमले भारतीय बलरको सामना गर्नुपर्नेछ ।

न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रस टेलरले भारतविरुद्धको हालैको सफलता तथा भारतीय स्पिनरसँगको सामीप्यताले आफूहरू जितको हकदार भएको दाबी गरेका छन् । विश्वकपअघिको अभ्यास खेलमा भारतीय टिम न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।

बंगलादेशविरुद्धको खेलमा ८२ रन जोडेका टेलरले भने, ‘हामीले हालै भारतको सामना गरेका थियौं र सफलता निकालेका थियौं । निश्चित रूपमा दुई विश्वस्तरीय स्पिनरले आफ्नो करिअरको सुखद दिन मनाइरहेका छन् । मेरो विचारमा हामीलाई अलग–अलग चरणमा सफलता मिलेको छ । यो हेर्न बाँकी छ ट्रेन्ट ब्रिजको विकेटले कस्तो व्यवहार गर्नेछ ।’

टेलरका अनुसार शिखर धवनको चोटका कारण भारतले ओपनिङमा रोहित शर्मासँग लेफ्ट/राइट सन्तुलन मिलाउने अवसर गुमाउने छ । त्यसको फाइला न्युजिल्यान्डले उठाउने छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?